पोखरा, ९ मंसिर/ पोखरा ट्रेल रेस सिरिज अन्तर्गतको मष्टर ट्रेल पन्चासे ५५ किलोमिटर पुरुष तर्फको उपाधि प्युठानका दामोदर बुढामगरले जितेका छन् । उनले ५५ किलोमिटरको दुरी ६ घण्टा २२ मिनेटमा पुरा गर्दै उपाधि जितेका हुन् । उनले नगद ३० हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
सोलुखुम्बुका समुन कुलुङ राई पाँच मिनेटले पछि पदैै दोस्रो स्थानमा चिक्त बुझाए । उनले ६ घण्टा २७ मिनेटको समय लगाउँदै माष्टर टे«ल पुरा गरेका थिए । उनले दोस्रो हुदै नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थानको उपाधी झापाका तेजेन्द्र प्रधानले जित्न सफल भए । उनले दुरीलाई ७ घण्टा १ मिनेटको समयमा सम्पनन गरे । उनले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
महिला तर्फको उपाधिको संखुवासभाकी धाविका सृजना राईले जितिन् । उनले ५५ किलोमिटरको दुरीलाई ८ घण्टा २५ मिनेट समय लगाउँदै पुरा गरिन् । उनले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यसै गरि सिन्धुपाल्चोककी केन्दो लामाले ८ घण्टा ४० मिनेटको समय लगाउँदै दोस्रो बनिन् । उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
१५ किलोमिटर तर्फको पुरुष तर्फको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बलका ओम जिसी प्रथम भए । उनले एक घण्टा २८ मिनेटको समयमा दुरी पार गरेका थिए । नेपाली सेनाका धावक खड्गबहादुर आले दोस्रो स्थानमा रहे । उनले दुरीलाई १ घण्टा ३५ मिनेटमा पुरा गरेका थिए । गणेश अधिकारीले १ घण्टा ३८ मिनेटको समयमा पुरा गर्दै तेस्रो स्थानमा चिक्त बुझाए ।
महिला तर्फको सोही इभेण्टको प्रतिस्पर्धामा भोजपुरकी अनिता राईले उपाधि जितिन् । उनले २ घण्टा २८ मिनेटको समय लगाईन् । नर्वेकी मित्रा सेडले ३ घण्टा ४५ मिनेटको समयमा पुरा गर्दै दोस्रो स्थानमा चिक्त बुझाए ।
१५ किलोमिटर दौडका
प्रतिस्पर्धीका विजेतालाई ५, ३ र २ हजार नगद प्रदान गरिएको थियो । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल तथा क्लबका अध्यक्ष विकास गुरुङ लगायतले पदक तथा प्रमाणपत्रसहित नगद हस्तान्तरण गरेका थिए ।
पोखरा ट्रेल रेस रनिङ क्लबले माष्टर ट्रेल रेस सँगै यो वर्ष २०१८ को इभेण्टलाई टुग्याएको छ । ड्यामसाईड–शान्तिस्तुपा–पुम्दीकोट–काब्रे–भञ्ज्याङ–पन्चासे–भदौरे–ढिकुरपोखरी–नागडाडा–कास्कीकोट–सराङकोट–फेवाताल किनारमा आएर टुंगिएको थियो । ५५ किलोमिटर दुरीको रेस उचाई पन्चासे क्षेत्र २ हजार ५ समय मिटरको उचाईमा पुगेर ओर्लिदैं फेवाकिनारमा फर्किएका थिए ।
पोखरा ट्रेल रेस सिरिजले पहिलो संस्करण काहुँडाडाँमा आयोजना गरेको थियो । जुन केवल १३ किलोमिटर मात्रै थियो । पहिलो संस्करणमा अल्ट्राधाविका मिरा राईको उपस्थिति थियो । दोस्रो सस्करणको ड्यामसाईड–पुम्दीकोट हुदैं ड्यामसाईडसम्मको २० किलोमिटर दौडको दुरी थियो । तेस्रो सस्करण भने २५ किलोमिटरको थियो । जुन मालेपाटन–मेथ्लाङ–सराङकोट हुदै मालेपाटनमा आएर टुंगिएको थियो ।
चौथो संस्करणको मष्टर ट्रेल रेसमाा ३१ जनाले सहभागिता जनाएको क्लबका अध्यक्ष विकास गुरुङले जनाए । जसमध्ये ७ जना विदेशी धावकले प्रतिस्पर्धा गरेका थिए । बेलायत, अमेरिका, फ्रान्स, भारत र अष्टे«लियाका धावकहरुले सहभागिता जनाउने छन् । १५ किलोमिटर पुरुष तर्फको दौडमा २१ जना सहभागि थिए ।