मंसिर ६,पोखरा/भारतका रोहन पटेल पोखरा रंगशालामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ को सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारि प्रतियोगिता अन्तर्गत बुधबार भएको क्वाटरफाइनलमा पटेलले नेपालका प्रितम परियारमाथि ६–३, ६–४ को नतिजा निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
त्यसैगरि नेपालका अकि जुवेन रावतले नेपालकै सरोज तामाङ्गलाई ६–१, ६–० को सहज सेटमा पराजित गर्दै सेमिमा स्थान बनाए । आरब हाडाले भारतका अचिन्त्या बर्मालाई ६–१, ६–१ ले तथा नेपालकै इभ्याक जोशिले नेपालकै प्रणव मानन्धरलाई प्रतिस्प्रर्धात्मक खेलमा ४–६, ७–६ र ६–१ ले पराजित गर्दै अन्तिम चारमा आफ्नों नाम लेखाए ।डबल्सतर्फ आरब हाडा र प्रणव मानन्धरको जोडीले फाइनलमा स्थान बनाएका छन् । सो जोडीले भारतका रोहन पटेल र नेपालका निहालजंग बहादुर थापाको जोडीलाई ६–०, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
त्यस्तै, भारतका हरिशरण भाष्करन र नेपालका चिराग तिमिल्सीनाको जोडी पनि फाइनल पुगेको छ । यो जोडीले भारतका अचिन्त्या बर्मा र नेपालका श्रीयोग अधिकारीको जोडीलाई ६–२, ६–० को सेटमा पराजित गरेको थियो ।महिला एकलतर्फ सर्भानि श्रेष्ठले आइसा डोल्कर गुरुङ्गलाई ६–१, ६–३ ले, सुभांगि लक्ष्मी शाहले इशा श्री शाहलाई ६–२, ६–३ ले, सलोनी तामाङ्गले निमिषा ढकाललाई ६–०, ६–१ ले तथा भारतकि मिली छुगले नेपालका इभा अधिकारीलाई ६–०, ६–३ को सोझो सेटमा पराजित गरेकि थिइन् ।