सेभेन ए साईड फुटवलमा मंगलबार पहिलो चरणका खेल सम्पन्न

पोखरा ११, भदौ/पोखराको युनाईटेड अर्चलवोट युथ क्लबको आयोजनामा पुरानो टुडिखेल मैदानमा जारी युनाईटेड अर्चलवोट सेभेन ए साईड फुटवल प्रतियोगिता अन्र्तगत मंगलबार पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । बुधबारदेखि दोश्रो चरणका खेलहरु हुने भएको आयोजकले जनाएको छ ।मंगलबार भएको पहिलो खेलमा कमल पोखरी क्लबले सिमपानी फुटवल क्लवलाई ३–२ को गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा ड्यामसाईड एफ.सी.ले एबी गर्रन वाई लाई ३–० ले पन्छायो । मालेपाटन क्लव समयमै खेलमा सहभागि नहुदा तेश्रो खेलमा गुवा क्लवले सहज जित दर्ता गर्यो ।
राजेन्द्र व्वाईजले दिप युनाईटेड बीलाई टाईब्रेकरमा ३–१ को गोल अन्तरले पराजित गर्यो । निर्धारित समया दुबै तर्फ एक एक गोल भएको थियो । भ्याली स्पोटर्स क्लव बीले विष्णुपादुका क्लवलाई १–० ले जित दर्ता गर्यो । सेदि एफ.सी.ले प्यारा वल्र्डलाई २–० ले हरायो । सातौ खेलमा चेतनशिल युवा क्लब एले क्लाउड नाईनलाई टाईब्रेकरमा ३–२ ले पराजित गर्यो । आईकन गाईजले वाकओभर दिए पछि चेतनशिल युवा क्लव बीले सहज जित दर्ता गर्यो ।
बीवाईसीले युनाईटेड अम्मरसिंह क्लवलाई २–० ले पराजित गर्यो । संगम सीले एनवाईसी रत्नचोकलाई टाईब्रेकरमा ३–२ ले पराजित गर्यो । निर्धारित समयमा दुबै तर्फ गोल हुन सकेन । दिप युनाईटेड एले हिल साईड क्लवलाई ६–२ को गोल अन्तरले पाखा लगायो । मंगलबारको अन्तिम एवं बाह्रौ खेलमा संगम बीले घाचोक एफ.सी.लाई शुल्यका बिरुद्ध ५ गोल बर्षाउदै दोश्रो चरणमा यात्रा बनाएको हो । बुधबार दोश्रो चरणका ११ खेल हुने भएको आयोजक क्लवका सदस्य विश्व गुरुङले जनाए ।

कमेन्टहरु
Loading...