पोखराको लेकसाइडका भित्रि सडकको नाम नम्बरमा पनि शुरु

पोखरा, ३ मंसिर / पोखराको लेकसाइडका भित्री सडकलाई नामाकरण गर्दै नम्बरले चिनाउन बोर्ड लगाउने शुरु भएको छ । पोखरा पर्यटन परिषद् र पोखरा महानगरपालिका–६ को सहकार्यमा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल र वडा अध्यक्ष जगत पहारीले सोमबार बिहान शुभारम्भ गरे ।

केदारेश्वर मन्दिर अगाडिको सडकलाई पहिलो भित्री मार्ग मानेर क्रमश नामाकरण गर्दै संकेत बोर्ड राखिएको छ । पहिलो मार्गको नाम फिर्के मार्ग राखिएको छ । मार्ग नामाकरण र नम्बरिङ गरिएको बोर्डमा रातीको समयमा सवारीको बत्तीले समेत टल्किनेछ ।

त्यसले गर्दा रातीको समयमा समेत पाहुनाले मार्ग पहिचान हुने गरि बनाएको पोखरा पर्यटन परिषद् महासचिब डिल्लीप्रसाद गौतमले जानकारी दिए । पोखरा महानगरपालिका–६ का अध्यक्ष जगत पहारीले पहिलो चरणमा मुल सडकसँग जोडिएका २० वटा भित्री मार्गको मात्र पहिचान र नम्बरले संकेत गरिएको बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले मार्ग र नम्बरले संकेत गरे अनुसार मार्गभित्र रहेका होटलमा पाहुना पुग्न सक्ने बताए । बोर्ड राख्नका लागि परिषद् र वडा कार्यालयले ५०–५० प्रतिशतको दरले लगानी गरेका छन् ।

कमेन्टहरु
Loading...