लायन्स सिर्जना चौतारीको वृक्षारोपण

भदौ ११,पोखरा/समाजसेवाको क्षेत्रमा अग्र स्थानमा रहेको लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको वृक्षारोपण तथा खेलकुद साम्रगी वितरण कार्यक्रम कास्की जिल्ला अर्मला–१ जुम्लेटीमा स्थित श्री शान्ति उच्च मा.वि.को प्राङगणमा मंगलवार सम्पन्न भएको छ ।
कार्यक्रमका लायन्स अन्तराष्ट्रिय ३२५ वि १ का डिष्ट्रिक गर्भनर एमजेएफ लायन युक्त प्रसाद श्रेष्ठले लायन्सवादले समाजमा पु¥याएको योगदानको चर्चा गर्दै लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको कामहरुको खुलेर प्रशंसा गरे ।
कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक गर्भनर लायन भुगोल शेरचन,एमजेफ लायन तिर्थलाल श्रेष्ठ,स्थानीयबासी हिमलाल आचार्य,लायन डि.बी. गुरुङ लगायतले वृक्षरोपणको बारेमा चर्चा गर्दै आ–आफ्नो भनाई राखेका थिए । क्लबका अध्यक्ष एमजेएफ लायन बालकृष्ठ बरालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन लायन ऋषिकान्त पराजुलीले गरेको जोनचियर पर्सन लायन परमेश्वर बरालले जानकारी दिए ।

कमेन्टहरु
Loading...