पोखरामा सिप्रदीका अटो प्राविधिकहरुलाई तालिम

पोखरा, ३ मंसिर/ सवारी साधनमा अत्याधुनिक प्रविधिको प्रयोग भई रहेको वेला सिप्रदी टे«ेडिङ र सिप्रदीयन सहायता संस्थाले अटो प्राविधिकहरुको लागि सोमबार तालिम दिएको छ ।

टाटा मोटर्सको नेपालको आधिकारिक ति संस्थाहरुले राष्ट्रव्यापी मेकानिक तालिम कार्यक्रम अन्तर्गत पोखरामा नयाँ प्रविधि अन्तर्गत बीएसआईभी सम्बन्धी तालिम दिएको हो ।

आगामी दिनमा प्राविधिकहरुलाई सहज र सुलभ तरिकाले काम गर्न सहयोग पु¥याउने उद्देश्यले दिएको तालिममा सिप्रदी ट्रेनिङ सेन्टरका प्रशिक्षक संजीव गेलालले प्रशिक्षण दिएका थिए । तालिममा ४० जना मेकानिकहरुको सहभागिता रहेको सिप्रदीका अटोपार्ट विभागका सेल्स अफिसर प्रवेश पौडेलले जानकारी दिए ।

सिप्रदीको सेन्ट्रल रिजनले चार क्षेत्रमा विभाजन गरी १६ स्थानमा मंसिर १ देखि ४ गतेसम्म तालिम दिएको हो । सिप्रदीको गण्डकी धौलागिरीका आधिकारिक विक्रेता गोयल ट्रेडर्सका प्रोपाइटर विष्णु गोयलले तालिम कार्यक्रमले मेकानिकहरुलाई दक्ष र सक्षम बनाएको बताए ।

मेकानिकल एशोसियसनका उपाध्यक्ष किरण कपालीले सिप्रदीले मेकानिकहरुलाई राम्रो महत्व दिएर तालिम दिएको उल्लेख गरे । सिप्रदी सेन्टर रिजनका संयोजक गुणबहादुर श्रेष्ठले सयोजन गरेको तालिममा सिप्रदी ट्रेनिङ पोखराका बुद्धिसागर सापकोटा र सञ्जय बिष्टले तालिमको महत्वबारे वोलेका थिए ।

कमेन्टहरु
Loading...