मुकुन्द शरण वाङ्मय परिषद्को अध्यक्षमा अधिकारी

पोखरा २ मंसिर /मुकुन्द शरण वाङ्मय परिषद्को दोस्रो अधिबेशन शनिबार हेमजामा सम्पन्न भएको छ । अधिबेशनले नारायण प्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेको छ ।परिषद्को प्रथम उपाध्यक्षमा देबकृष्ण काफले, उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, महा सचिबमा डा. बाबुराम अधिकारी, सचिबमा बलराम पौडेल, सहसचिबमा देबु गौतम, कोषाध्यक्षमा सिबप्रसाद त्रिपाठी सर्बसमत चएन भएका छन ।

त्यसै गरि सदस्यहरुमा नारायणीदेबि बराल त्रिपाठी, कालिचरण पराजुली, प्रा.डा. यम बहादुर पौडेल क्षेत्री, लोकमणी पौडेल, ओमकुमारी आचार्य त्रिपाठी र मोहनराज पौडेल चएन भएका छन ।कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त श्रेष्ठले यो कुनै एक ब्यक्तिको मात्र नभएर हामी सबैको साझा परिषद् भएको र यसलाइ सबै मिलेर देशभर चिनाउनुपर्ने उलेख गरे । कार्यक्रममा साहित्यकार मादब शरण उपाध्याय र समाजसेबि रामचन्द्र त्रिपाठीले कायक्रमको सफल्ताको शुभकामना दिएका थिए ।

त्यस्तै साहित्यकार शिबप्रसाद त्रिपाठीले मुकुन्द शरण उपाध्यायले लेखेका कबिता बाचन गरेका थिए ।सभामा महाचिब कष्णप्रसाद पौडेलले सचिबको र कोषाध्यक्ष देब कृष्ण काफलेले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरि पारिद भएको थियो ।परिषद्का अध्यक्ष जनार्दन शरण त्रिपाठीको अध्यक्षतामा भएको कायक्रमको स्वगत का.ब अध्यक्ष डा. नारायण प्रसाद अधिकारीले र सञ्चालन महासचिब कृष्ण प्रसाद पौडेलले गरे ।

कमेन्टहरु
Loading...