पोखरा, ३० कात्तिक / कास्की प्रहरीले पोखरामा हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पोखरा–८ सभागृहचोकमा रहेको लुम्बिनी मनी चेन्जरका संचालक नेत्रलाल ज्ञवालीलाई प्रहरीले शुक्रबार दिऊसो पक्राउ गरेको हो ।
हुण्डी कारोबार गरेको भन्ने सुचनाका आधारमा प्रहरीले ज्ञवालीलाई १ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्र गुरुङले जानकारी दिए ।
ज्ञवाली सहित प्रहरीले अनुसन्धानका लागि मनी चेन्जरका कर्मचारी प्रकाश थापा, मोवाईल, कम्प्युटर र कागजात प्रहरीले नियन्त्रणमा लिएको गुरुङले बताए ।