श्याम राना
पोखरा, ३० कात्तिक / चाउथेका सिजन थापा बिदाको दिन अग्लो डाँडामा पुगेर तलको दृश्य हेर्न मन पराउँछन् । बिदाको दिन आउनै हुन्न साथीहरुसँग कहिले टाइगर टप त कहिले काहूँ डाँडा पुगि हाल्छन् ।
तर, सिधै उकालो र उबडखाबड साँघुरो बाटोले गर्दा डाँडातिर जान निकै सास्ती खेप्नु पर्ने उनले गुनासो गरे । ‘दुई जना भयो भने बाइकले पिक अपै लिन्न,’ उनले भने, ‘एकपटक त टायर नै पन्चर भयो ।’
यस्तै, न्युरोडका राम देवकोटालाई पनि बिदाको दिन डाँडा घुम्न मन लाग्छ । ‘तर, बाटो सम्झिँदा जान मन लाग्दैन,’ उनी भन्छन् । यि दुई त केबल प्रतिनिधी पात्र मात्र हुन् । डाँडामा बसेर सिङ्गो पोखरा हेर्न खोज्नेका लागि बाटो टाउको दुखाईको बिषय हो ।
पोखरा आएर सूर्योदय र सूर्य अस्ताएको दृश्य हेर्ने योजना बाटोकै कारण पुरा नभएको सुन्नमा आई रहन्छ । यस्तै, भर्खरै मात्र काहूँ डाँडा जाने बाटो चक्ल्याएर पिच गरिएको छ । बाटो बनी सकेपछि सूर्योदय, सूर्य अस्त, हिमाल र पोखराको दृश्य हेर्नेको संख्या ह्वात्तै बढेको छ ।
‘अहिले एकदमै सजिलो भएको छ,’ परिवार सँगै सूर्योदय हेर्न बुधबार काहूँ डाँडा पुगेकी शर्मिला योञ्जन भन्छिन्, ‘आउँने मन भए पनि पहिले त बाटो सम्झेर पनि आउँदैन थियौ ।’
बाटो बनेपछि पर्यटकको आगमनमा ४ गुना बृद्धि भएको टिकट व्यवस्थापक विजय क्षेत्री बताउँछन् । ‘पहिले बिदाको दिनमा ५० पुग्न पनि गाह्रो हुन्थ्यो,’ उनले भने, ‘बाटो बनि सकेपछि दिनकै १ सय बढि पर्यटक आउँछन् ।’
बाटो केही हदसम्म सहज भए पनि रेष्टुरेन्ट तथा अन्य भौतिक पूर्वाधारको भने अभाव रहेको उनको ठम्याई छ । ‘बढि भन्दा बढि पर्यटक तान्न यि कुरामा ध्यान दिनु जरुरी छ,’ उनले भने ।
काहुँ डाडाँमा पर्यटक लैजान व्यवसायीको पहल, पर्यटन दिवसमा विभिन्न कार्यक्रम
पोखराको काहुँडाडाँमा पर्यटन विकास, काहुँ धरहरा
पोखराको काहुँडाडाँमा पर्यटन विकास, काहुँ धरहरा
Posted by Ganthan.com on Saturday, September 29, 2018