कास्कीमा एमाओवादीका उम्मेदवारको नाम छनोट

पोखरा, ११ भदौ/एकिकृत नेकपा माओवादी कास्कीले कास्कीका चार वटै क्षेत्रमा संविधान सभा निर्वाचनका लागि संभाविन उम्मेदवारहरुको नाम सिफारीस गरेको छ । पार्टीको सोमबार बसेको बठैकले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नाम तय गरेको हो ।
आइतबार तमुवान राज्य समितिको बैठकबाट नाम तय गर्ने भनिए पनि कास्कीबाट सिफारीस गरिएका नामहरुमा केही कार्यकर्ताले विरोध जनाएका आइतबार नाम तय हुन सकेको थिएन । क्षेत्र नम्वर १ बाट प्रत्यक्ष उम्मेदवार तर्फ विष्णु पौडेलाई हटाए पछि कार्यकर्ताले उनको नाम सिफारीस गरिनु पर्ने माग राख्दै विरोध जनाएका थिए । सोमबारको बैठकमा आइतबार सिफारीस गरिएका शालिग्राम पौडेलाई हटाएर विष्णु पौडेलको नाम सिफारीस गरिएको छ ।
सिफारीस गरिएका अन्य नामहरुमा झलकपाणी तिवारी, कोमलनाथ बराल, गंगा पोखरेल रहेका छन् । यसैगरी क्षेत्र नम्वर २ बाट बखान सिंह तमु, राजकाजी तमु, ममता, विश्वप्रकाश लामिछाने र खगेन्द्र काफ्लेको नाम सिफारीस गरिएको छ । क्षेत्र नम्वर ३ बाट किरण थापा, रामजी बराल, दिपक कोइराला, तेजकुमारी पौडेल र टिकाराम पौडेलको नाम सिफारीस भएको छ । ४ बाट गुप्तबहादुर हमाल, दुर्गा विक, अमर तमु, धर्म तमु र खिमलाल देवकोटाको नाम सिफारीस गरिएको छ ।

कमेन्टहरु
Loading...