पोखरा, २८ कात्तिक / पोखरा उपमहानगरपालिका वडा नम्बर ५ कि जनप्रतिनिधी अन्जु क्षेत्रीले आफ्नो घर अगाडी निर्माण हुदै गरेको बाटोका लागि मापदण्ड नछाडेपछि टोलबासी आन्दोलित भएका छन् ।
जनप्रतिनिधी अन्जु क्षेत्रीको घर हुदै जाने बाटो सिमानामार्ग ढुंगेखोला बासटारी सडक मर्मतका क्रममा वडा नम्बर ५ कि सदस्य क्षेत्रीले सडक निर्माणमा प्रयोग गरिएको एक्साभेटरको चावी खोसी वितण्डा मच्चाएपछि टोलबासी वडा कार्यालयमा पुगी क्षेत्रीको विरोधमा नाराबाजी गरेका थिए ।
सिमानामार्ग बांसटारी बाटो निर्माण समितिका अध्यक्ष युवराज खतिवडाका अनुसार सिमाना मार्ग अन्तर्गत पर्ने ढुंगेखोला सम्मको ३ सय ५० मिटर सडक ढलान गर्ने गरी काम अगाडी वढिरहेको बेला ९ सय मिटर अघिल्लो वर्ष ढलान भइ हाल बाँकी रहेको सडकमा पुरानो १५ फिट मापदण्डलाई बढाएर २२ फिट बनाउने क्रममा जनप्रतिनिधी क्षेत्रीले मापदण्ड नलाग्ने भन्दै प्रहरी बोलाएर एक्साभेटरको चावी थुतेर वितण्डा मच्चाएकी थिइन ।
आफु ठूलो मान्छे भएकाले आफुलाई कुनै पनि मापदण्ड नलाग्ने भन्दै बाटो निर्माण समितिलाई धम्क्याउदै अपशब्द बोल्दै एक्साभेटरको चाबी खोसेको अध्यक्ष खतिवडाले वताए ।
क्षेत्रीले वितण्डा मच्चाएपछि उपभोक्ताहरुले वडा कार्यालयमा बिकास विरोधी जनप्रतिनिधीको विरोध गरेका थिए । विरोध पश्चात वडा अध्यक्ष धन बहादुर नेपालीले विकास निर्माणमा कोही कसैको अवरोध स्वीकार्य नहुने भन्दै सिमानामार्ग बांसटारी सडक खण्ड २२ फिटको हुने र त्यसमा कोही कसैले बिरोध नगर्ने आश्वसन दिएपछि टोलबासी फर्किएका थिए ।