अनैतिक कार्य र गुण्डागर्दीमा संलग्नलाई कार्वाही

पोखरा, ११ भदौ/जिल्ला प्रहरी कार्यालय कास्कीले यौन विकृतिमा संलग्न र गुण्डागर्दी गर्नेलाई कार्वाही गरेको छ । प्रहरीका अनुसार यौन विकृतिमा संलग्न तीन भारतीय नागरिकसहित नौ जनालाई विभिन्न ठाउबाट पक्राउ गरिएको जनाएको छ । पोखरा १० रामघाटमा बन्दै गरेको घरमा अनैतिक कार्य गर्दै गरेको अवस्थामा दुई पुरुष र एक महिलालाई नियन्त्रणमा लिइएको जनाएको छ ।
sixत्यसैगरी पोखराको बाग्लुङ बसपार्कस्थित काठमाडौं गेष्ट हाउसमा छापा मार्द अनैतिक कार्यमा संलग्न रहेको अवस्थामा तीन भारतीय नागरिक, दुई नेपाली महिला र होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिएको जनाएको छ । प्रहरीले गुण्डागर्दी गर्ने नौजनालाई नियन्त्रणमा लिएको छ । पोखरा १५ नयाँगाउमा खुकुरी लिई हो–हल्ला गर्ने पोखरा १५ बस्ने वर्ष २१ को मंगल चौधरी, रामबजार बस्ने वर्ष २१ को सन्तोष सुनार, मकवानपुर लोथर १ बस्ने वर्ष १९ को गणेश तामाङ्ग, लम्जुङ्ग बेशीशहर ७ बस्ने वर्ष १७ को नविन गुरुङ्गलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको उल्लेख गरेको छ ।
त्यस्तै गरी पोखरा बुद्धचोक एरियामा होहल्ला गरि अशान्ति मच्चाई रहेको अवस्थामा बुद्धचोक बस्ने वर्ष २७ को तिलक पुन, सोही ठाउ बस्ने वर्ष २६ को कुशल पाईजालाई पक्राउ गरिएको जनाएको छ । पोखरा २ बाग्लुङ्ग बसपार्कमा रहेको अनिस खाजा घरमा विभिन्न मितिमा गई होटल साहु सन्दिप कुमाललाई कुटपिट गर्ने, धाक धम्की दिने गरेको भनि उजुरी परेकोमा उक्त कुटपिट गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा पोखरा २ अर्चलवोट बस्ने वर्ष ३० को अनिल कुत्ता भन्ने अनिल मगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको जनाएको छ ।
स्याङ्गजा चित्रेभन्ज्याङ्ग ८ घर भई पोखरा ४ रामकृष्ण टोल बस्ने वर्ष १६ को सागर के.सी. लाई खुकुरी प्रहार गरी घाईते तुल्याउने पोखरा ८ बगालेटोल बस्ने वर्ष १७ को वविन गुरुङ्गलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले कास्की हेम्जा ५ बस्ने सन्तमाया छन्तेल र मिना मगरको घरबाट अवैध रुपमा मदिरा उत्पादन गर्ने कच्चा पदार्थ ३ ड्रम र उत्पादित मदिरा २० लिटर मदिरा नष्ट गरेको छ ।
तस्वीर ः गुगल

कमेन्टहरु
Loading...