महिलाहरुको महान चाड हरितालिका तीजका अवसरमा पोखरा रक्त सञ्चार केन्द्रमा रगतको अभावको कारणले नेपाल नर्सिङ्ग संघ जिल्ला समिति कास्की पोखराको अध्यक्ष सरिता गुरुङ्गको अध्यक्षतामा खुल्ला रक्तदान कार्यक्रम पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा गरिएको थियो । उक्त कार्यक्रमको उद्घाटन ने.न.संघ केन्द्रिय सदस्य नीता ताम्राकार प्रमुख अतिथिले पहिलो रक्तदाता चि.शा.अ. संस्थान एम््.एन्. का विद्यार्थी रिना मंडललाई द्ययियम द्यबन दिएर शुरु गुर्नभएको थियो ।
यस रक्तदानको संयोजक ने.न.सं कास्कीका सचिव नीलम महर्जनले गरेका थिए भने उक्त कार्यक्रममा ८१ जना नसिंङ्ग छात्र तथा शिक्षिकाहरु थिए भने ३ जना पुरुषहरुले रक्तदान गरेका थिए भने सम्पूर्ण रक्तदाताहरुलाई मायाको चिनो र कदरप्रत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा शेप्टी काडुलाले ५ हजार,नेश्नल इस्टास्चर फर्मासेटकिलवाट २ हजार ५ सय, भासोफिक्सवाट २ हजार ५ सय, निता ताम्राकारले १ हजार, सिस्टर यामकुमारी गुरुङले ५ सय, सिस्टर निरुपा थापा ५ सय, सिस्टर विजया कोइरालाले ५ सय, डा. निरज दुवेवाट ५ सय, मेडम खगेन्द्रदेवि घिमिरेले एक सय वटा फ्रुटी, हरिदेवि जोशी,सिस्टर सिता गुरुङ, सिस्टर सिता शर्मावाट तिन क्यारेट अण्डा, पद्यम नर्सिङ कलेज, पोखरा टेक्निकल नर्सिङ कलेज, चरक नर्सिङ कलेज, फेवासिटी नर्सिङ कलेज, पोखरा यूनिर्भसिटी, पोखरा त्रिभूवन विश्व विद्यालय तथा चिकित्सा शास्त्र अध्यन संस्थानका प्रतिनिधिहरुले उक्त रक्तदान कार्यक्रममा सहभागीता रहेको थियो ।
