छानविन प्रमुख कै प्रमाणपत्र नक्कली

पोखरा, ११ भाद्र/शैक्षिक यौग्यताको पमाणपत्र छानबिन गरी प्रमाणित गर्ने संस्थाप्रमुखकै प्रमाणपत्र शंकाको घेरामा परेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष श्रवणकुमार मिश्रको प्रमाणपत्र नक्कली भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको आजको नयाँ पत्रिकामा खबर छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका कर्मचारीसमेत रहेका मिश्रले चितवन र काठमाडौंका दुई कलेजबाट एकै समयमा अध्ययन सकेको प्रमाणपत्र पेस गरेका छन् । तर, उनले पढेका दुबै कलेजमा बिहान १० देखि ५ बजेसम्म नियमित हाजिर भई अध्ययन तथा प्रयोगात्मक अभ्यास गर्नुपर्ने हुन्छ ।
अख्तियार स्रोतका अनुसार नियमित हाजिर नभई परीक्षा नै दिन नमिल्ने विषयको प्रमाणपत्र यसअघि कान्ति बाल अस्पतालमा कार्यरत रहेकै बेला प्राप्त गरेपछि शंका बढेको हो । कान्ति बाल अस्पतालमा दैनिक हाजिर गरि जागिर खाएकै बेला मिश्रले काठमाडौ विश्वविद्यालयअन्तर्गतको कलेज अफ मेडिकल साइन्सेज भरतपुरबाट एमएस्सी बायोकेमेस्ट्री मेडिकल विषय उतिर्ण गरेको प्रमाणपत्र परिषदमा पेस गरेका छन् ।
 

कमेन्टहरु
Loading...