वाइसिएल कास्कीको अध्यक्षमा थापा

भाद्र १०, पोखरा/योङ्ग कम्युनिष्ट लीग नेपाल कास्कीको प्रथम जिल्ला भेला सोमबार पोखरामा सम्पन्न भएको छ । भेलाले विनय थापाको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको उपाध्यक्षमा राजकुमार दुलाल, डम्बर परियार, भीमबहादुर बुढा, बाबुराम सुवेदी, सचिव लोकराज आचार्य, सहसचिवहरु शरदचन्द्र बराल, उमाकान्त खनाल, बसन्त भट्टराई, जीवन खाँती, सुवास पौडेल, हरि भण्डारी, राम भण्डारी, नरेन तमु र कोषाध्यक्षमा शुष्मा तमु रहनुभएको छ ।भेलामा एकीकृत माओवादीका केन्द्रीय सदस्य डिलाराम आचार्यले देशको नेतृत्व युवाहरुको काँधमा आएको बताउनुभयो । उहाँले भन्नुभयो –‘युवाहरु परिवर्तनका बाहक मात्र होइनन्, नयाँ समाज निर्माणका संवाहक पनि हुन् । युवाहरुलाई नीति निर्माण र राष्ट्र निर्माणमा सरिक गराएर मात्र नयाँ नेपाल बन्न सक्छ ।” कार्यक्रमका अर्का वक्ता एकीकृत माओवादीका केन्द्रीय सदस्य हरि अधिकारी ‘कुमार” ले युद्धको मोर्चा फेरिएको भन्दै हिजो ध्वंशको माध्यमबाट नयाँ समाजको आधार तयार पारेका युवाहरुले अब निर्माणको नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो –‘ध्वंश र निर्माणबीच द्धन्द्धात्मक सम्बन्ध हुन्छ ।
युवाहरुले द्धन्द्धवादी रुपमा दुवैको नेतृत्व गर्नुपर्छ ।” कार्यक्रममा वाइसिएलका केन्द्रीय सचिवालय सदस्य दीपक कोइरालाले आगामी निर्वाचनमा वाइसिएलले देशव्यापी विजयका लागि क्रियाशील हुने बताउनुभयो । उहाँले भन्नुभयो –‘वाइसिएल सिंहको सन्तान हो, आगामी निर्वाचनमा माओवादीको पक्षमा बहुमत हासिल गर्न सम्पूर्ण रुपले परिचालित हुनेछ ।”
भेलामा माओवादी नेताहरु प्रकाश पोखरेल, झलकपाणि तिवारी, अमर तमु, राजकाजी तमु, आसमान रोका, रामजी बराल, लालमोहन तिवारी, बखानसिंह तमु, गंगा पोखरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कल्पना पाण्डे, कृष्ण दाहालले भेला सफलताको शुभकामना दिनुभएको थियो । सुमन देवकोटाको अध्यक्षतामा सम्पन्न भेलाको संचालन विनय थापा र स्वागत राजकुमार दुलालले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...