पोखरामा जुनियर आइटिएफ टेनिस च्याम्पियनशिप हुने

पोखरा, १८ कात्तिक / पोखरामा जुनियर आइटिएफ टेनिस च्याम्पियनशिप हुने भएको छ । एशियन टेनिस महासंघको कार्यक्रम अनुसार आगामी पुषको ४ देखि २० गते सम्म पोखरामा उक्त अन्र्तराष्टिय टेनिस हुन लागेको हो ।

प्रतियोगितामा १० देखि माथि र १४ वर्ष मुनिका १ सय ११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा अष्टे«लिया, इण्डोनेशिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका खेलाडीहरुको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस संघले जनाएको छ ।

सर्किट १ मा ३० पुरुष र २३ महिला सहित ५३ जना तथा सर्किट २ मा ३३ पुरुष र २५ महिला सहित ५८ खेलाडीले भाग लिने संघका महासचिव नविन चालिसेले जानकारी दिए ।

प्रतियोगितालाई होटल टे«कर्स इनले मुख्य प्रायोजन गरेको छ । अंग्रेजी नयाँ वर्षका बेला हुने प्रतियोगिताले पोखराको पर्यटन विकासमा थप टेवा पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

कमेन्टहरु
Loading...