पाँंचौ खुल्ला मिसेस तिज प्रतियोगिता भदौ १४ गते हुने

पोखरा १०, भदौ/विवाहित महिलाको क्षमता अभिवृद्धि तथा अन्तर निहित प्रतिभाको प्रष्फुटन गराउन उद्धेश्यले पोखरामा पाँचौ संस्करणको मिसेस तिज प्रतियोगिता २०७० यही भाद्र १४ गते हुने भएको छ । राष्ट्रिय सौन्दर्यकर्मि यूनियन नेपालको आयोजनामा संचालन हुन लागेको उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको युनियनले जनाएको छ ।
पोखरा सभागृह हलमा संचालन हुने उक्त प्रतियोगितामा १५ जना महिलाहरुको सहभागिता रहने भएको युनियनका अध्यक्ष मिना गुरुङले बताइन । देशमा धेरै सौन्दर्य प्रतियोगिता हुने भएता पनि उक्त प्रतियोगिता भिन्दै प्रकारको प्रतियोगिता भएको गुरुङले दाबी गरीन । तिज पर्वसंग सम्बन्धित यस प्रतियोगिताले धर्म संस्कृतिको महत्व बुझाउने भएको अध्यक्ष गुरुङको दाबी छ ।
कास्की जिल्ला अध्यक्ष सुमन गुरुगको संयोजकत्वमा रबिन्द्र बज्राचार्याको कोरियोग्राफिमा प्रतियोगितामा ४० वर्ष सम्मका महिलाहरुले सहभागिता जनाएका छन । प्रतियोगिहरुलाई एक महिने व्यत्तित्व र नेतृत्व विकास सम्बन्धि तालिमले धेरै हौसला बढाउने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...