पुरानो टुडिखेलमा जारी सेभेन ए साईड फुटवलमा सोमबार ११ खेल सम्पन्न

पोखरा ९, भदौ/पोखराको युनाईटेड अर्चलवोट युथ क्लबको आयोजनामा पुरानो टुडिखेल मैदानमा जारी युनाईटेड अर्चलवोट सेभेन ए साईड फुटवल प्रतियोगिता अन्र्तगत सोमबार पहिलो चरणका ११ खेल सम्पन्न भएका छन ।
सोमबार भएको पहिलो खेलमा रि युनाईटेडले रत्न समाज बीलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पन्छाएको हो भने अर्को खेलमा भ्याली स्पोटर्सले नव ज्ञान ज्योतिलाई २–० ले पाखा लगाएको हो । पहिलो खेलमा निर्धारित समयमा दुबै तर्फ एक एक गोल भए पछि खेल टाईब्रेकरमा धकेलिएको हो । तेश्रो खेलमा संगम क्लव एले युनाईटेड हेमजालाई एकतर्फी ५ गोल बर्षाउदै दोश्रो चरणमा स्थान पक्का ग¥यो ।
अर्चलवोट जेटले बगर एफ.सी.लाई टाईब्रकरमा ३–२ को गोल अन्तरले पाखा लगायो । निर्धारित सममा दुबै तर्फ एक एक गोल भएको थियो । एबीसीले पाँचौ खेलमा साउथ पार्कलाई १–० को झिनो गोल अन्तरले पराजित गर्यो । लेकसाईड क्लव समयमै खेलमा उपस्थीत नहुदा संगम बीले वाकओभरमा सहज जित दर्ता गर्यो भने पुन युनाईटेड पनि खेलमा सहभागि नहुदा घाचोक क्लबले सहज जित दर्ता गरी दोश्रो चरणमा स्थान बनायो । एबी गनर्र (अर्चलवोट)ले रत्न समाज एलाइ टाईब्रेकरमा ३–२ अन्तरले पराजित गर्यो । २०÷२० मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल हुन सकेन ।
मनार्थ चर्जले नदीपुर एफ.सीलाई शुन्यको बिरुद्ध एक गोल अन्तरले पराजित गर्यो भने अर्को खेलमा एल.जी. एसोसिएसनले नव आर्दशलाई २–० ले पाखा लगायो । सोमबारको अन्तिम खेलमा युनाईटेड हेमजा एले एक्स वाल मन्दीर माथि वाकओभरमा जित दर्ता गर्यो । मंगलवार पनि ११ वटा खेलहरु हुने भएको आयोजक क्लवका सदस्य विश्व गुरुङले बताए ।

कमेन्टहरु
Loading...