पोखरा प्रिमियर लिगमा चितवनद्धारा काठमार्डौ १३ रनले पराजीत

पोखरा, १५ कात्तिक / पोखरा प्रिमियर लिगमा बिहीबारको पहिलो खेलमा चितवनले काठमाडौंलाई १३ रनले हराउदै दोस्रो जित हासिल गरेको छ । चितवनले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै काठमाडौंले ९ विकेटको क्षतिमा १३६ रन बनाएको हो ।

काठमाडौंका लागि गौरव टोमारले सर्वाधिक ३९ रन , कप्तान ज्ञानेन्द्र मल्ल ३० रन र पवन सफारले २८ रनको योगदान गरे । चितवनका लागि करण केसीले ३ विकेट र पारस खड्काले २ विकेट लिए । यस्तै सन्नि पटेल , समित पटेल र भुवन कार्कीले समान १ र१ विकेट लिए ।

टस हार्दै ब्याटको निम्तो पाएको चितवनले पाँच विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो । चितवनका लागि ब्याट्सम्यान हरिशंकर शाहले ६० रन, अनिल शाहले २७ रन, कप्तान पारस खड्काले १४ रन, समित पटेलले ३१ रन र सन्नी पटेलले १३ रन बनाए ।

काठमाडौंका लागि बसन्त रेग्मी २ विकेट लिए । नन्दन यादव र पवन सफारले १र १ विकेट लिए ।

कमेन्टहरु
Loading...