धनगढीमाथि चितवन राईनोजको १२६ रनको फराकिलो जित

पोखरा, १४ कात्तिक / पोखरामा जारी पोखरा प्रिमियर लिगमा फराकिलो जितको लक्ष्य पछ्याएको एक्सपर्ट धनगढी ब्लुज सस्तैमा समेटिएपछि चिवतन राईनोजले पोखरा प्रिमियर लिगमा पहिलो जित हासिल गरेको छ । बुधबार पोखरा प्रिमियर लिगमा धनगढीलाई ।।रनले पराजित गर्दै हारको श्रृखंलालाई तोड्दै १२६ रनको फराकिलो जित निकाल्यो ।

१९४ रनको लक्ष्य पछ्याएको एक्सपर्ट धनगढी ब्लुज ६७ रनमै समेटियो । १६।२ ओभर मात्रै खेल्न पुग्यो । पहिलो ओभरमै करण केसीले मेडन ओभर राख्दै दिलिप नाथको विकेट लिएपछि धनगढीको कमजोरी शुरुवात हुन पुग्यो । दोस्रो ओभरमै मेडन सन्नी पटेलले पनि पहिलो बलमै लरेन्स गोल्डन डक आउट भएपछि धनगढीको खराब संकेत देखियो ।

पिटर ट्रेगोले २७ रन बनाए । जुन धनगढीका लागि सर्वाधिक रन बन्न पुग्यो । उनले २१ बल खेल्दै ३ चौका र १ छक्का हिर्काए । त्यस्तै कप्तान दिपेन्द्रसिंह ऐरी, सन्दीप सुनार र सन्दीप झोरा पनि क्रमश १, १ र ८ रनमै पभेलियन फर्किए । योगेन्द्रसिंह कार्कीले १७ रन जोडे । जुन टोलीको लागि दोस्रो सर्वाधिक रनको रुपमा स्कोर कार्डमा देखियो ।

अन्य खेलाडी पनि दोहोरो अंक

विहीन रनमा समेटिएपछि धनगढीले फराकिलो लक्ष्य पछ्याउन असमर्थन बन्यो । सन्नी पटेलले सर्वाधिक ४ विकेट लिदाँ भुवन कर्कीले २ विकेट लिए । हरिशंकर साहको अर्धशतकीय पारीसँगै पहिलो विकेटको लागि अनिलकुमार साहसँग शतकीय साझेदारी गरेपछि टस हारेर व्याटिङमा उत्रिएको चितवन राईनोजले पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य दिएको थियो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार दुई खेलमा देखिएको खराब व्याटिङलाई सुधार्दै राईनोजका ओपनर हरिशंकर साहले ५३ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेल्दै उनले छ चौका र ३ छक्का प्रहार गरे । उनी योगेन्द्रसिंह कार्कीको बलमा विकेट विपर दिलिप नाथको हातबाट कयच भए । अनिलकुमार साह पनि ३७ रनमा आउट हुदाँ ३४ रन बनाए । उनले पनि एक चौका र ३ छक्का प्रहार गर्दै राम्रो शुरुवात गरे ।

कप्तान पारस खड्का भने सस्तैमा आउट भए । उनले ९ बल खेल्ने क्रममा १९ रनमै पभेलियन फर्किए । उनले चार चौका हिर्काए । खड्कालाई मन्जित श्रेष्ठको बलमा सन्दीप झोराको हातबाट क्याच हुन पुगे । सुमितकुमार पटेलले २४ रनको महत्वपूर्ण योगदान दिए । उनले १७ बल खेल्दे ४ चौका प्रहार गरेसँगै धनगढी ब्लुजका बेलायती खेलाडी डि। लरेन्सले योगेन्द्रसिंह कार्कीको हातबाट क्याच गराई पभेलियनको बाटो देखाए ।

छैटौं र सातौं नम्बरमा आएको व्याट्सम्यान सन्नी पटेल र करण केसीले ३१ रनको साझेदारी गर्दै पाँच विकेटको क्षतिमा १९३ रन बनाई ओभरलाई टुग्याए । पटेल नटआउट रहँदै १६ बल खेल्दै २६ रन बनाए । उनले ३ चौका र १ छक्का हिर्काए । केसीले पनि नटआउट खेल्नेक्रममा ६ बल मात्रै सामना गरेर २ चौकासहित ११ रन बनाएका छन् । मन्जित श्रेष्ठ, दिपेन्द्रसिंह ऐरी र लरेन्सले एक एक विकेट लिन सफल भए ।

कमेन्टहरु
Loading...