क्यानलाई एक करोड जरिवाना

पोखरा, १० भाद्र/विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीले ुतोकिएको समयमा आर्थिक् प्रतिवेदन नबुझाएकोुभन्दै नेपाल क्रिकेट संघ क्यानलाई करिब एक करोड रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ। आइसिसीकै आर्थिक कोषबाट चल्दै आएको क्यानले प्रत्येक तीन महिनामा खर्चको हिसाबकिताब बुझाउनुपर्छ। सन् २०१२को चौथो त्रैमासिकको आर्थिक प्रतिवेदन बुझाउन ढिला भएपछि आइसिसीले कारबाही गर्ने निर्णय गरेको आजको नागरिक दैनिकमा समाचार छ।
resize_imageresize_imageक्यानले यी दुवै प्रतिवेदन मे महिनाको अन्तमा बुझाएको थियो, जबकि २०१२ को चौथो त्रैमासिकको हिसाब जनवरी अन्तसम्ममा बुझाइसक्नुपर्ने थियो । क्यानले हिसाव बुझाउन पटक–पटक ढिला गरेको भन्दै एसियाली क्रिकेट परिषद एसिसीले कारबाहीको लागि आइसिसीलाइृ पत्राचार गरेको थियो।
नेपाली खेलकुदको र खेल संस्थाको सबैभन्दा अहिले सम्म कै ठूलो जरिवामा हो । आइसिसीले नेपाललाई वार्षिक १ लाख ६० हजार डलर झन्डै १ करोड ६५ लाख नेपाली रुपैयाँ प्रशासन तर्फ र १ लाख ७५ हजार डलर एक करोड ८० लाख पुँजीगत तथा विकास खर्च दिने गर्छ।

कमेन्टहरु
Loading...