बिक्रमलाई नेपाल आइडल बनाउन पोखरामा सहयोग समिति गठन

पोखरा, १२ कात्तिक / नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणमा उत्कृष्ट ९ मा पर्न सफल भएका बिक्रम बराललाई जिताउन पोखरामा सहयोग समिति गठन गरिएको छ । सुनचाँदी व्यावसायी संघ र स्वर्णकार कल्याण समितिको सोमबार बसेको संयुक्त बैठकले राजेशमान बुद्धाचार्यको संयोजकत्वमा ११ सदस्य सहयोग समिति गठन गरेको हो ।

गठन समितिले बिक्रमलाई नेपाल आइडलको विजेता बनाउन आवश्यक आर्थिक फन्ट जम्मा गरि भोट गर्ने र आवश्यक प्रचारप्रसारको काम गर्ने छ ।
बुद्धाचार्य संयोजक रहेको समितिमा सहसंयोजक भूवन लोहनी, सदस्य सचिव मनबहादुर लामगादे र सदस्यहरुमा सोभितमान बुद्धाचार्य, तारा गौतम, राजू गौतम, भिम सेन्चुरी, राजकुमार घिमिरे, रुपलाल सुनार, देशरथ सुनार, किशोर विक रहेका छन् ।

कार्यक्रम बोल्दै स्वर्णकार कल्याण समितिका पूर्व अध्यक्ष भिम सेन्चुरीले विक्रम राम्रो प्रतिभा सहित हाम्रो कलाकार भएकाले उनलाई विजेता बनाउन कुनै कसर बाँकी राख्न नहुने बताए । चौनती सँगसँगै जिम्मेवारी रहने हुँदा आवश्यक कदम चालेर अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।
त्रिबेणी संगीतालयका निर्देशक एंव विक्रम बरालका संगीत गुरु नवराज बरालका अनुसार विक्रम राम्रो क्षमतावान गायक भएको पुष्ठी नेपाल आइडलमा उनले प्रस्तुत गरेका गीतबाट भईसकेको छ ।

‘अब बिक्रमको आत्मबल बढाउन सम्पूर्ण पोखरेली जुट्नुपर्ने पर्छ, उनले भने, राम्रो प्रतिभावान कलाकार बाहिर नजाउन संगीतमै लगारे बाच्न सक्ने अवस्था सिर्जना होस ।’ बिक्रमका मामा राजु गौतमले बिक्रम सानैदेखि गीतसंगीतमा रुचि राख्ने व्यत्ति भएको बताए । बिक्रम सानै देखि गाउने गर्थे । उनमा सबै प्रकारका गीत गाउन सक्ने क्षमता पहिले देखिनै थियो ।

उनको स्वरलाई सुन्दै जाँदा

शास्त्रिय संगीत सिकाउनुु पर्छ भन्ने ठानेर मैले नै बिक्रमलाई संगीत गुरु नवराज बरालकोमा पठाए, उनले भने । बिक्रम गीतसंगीत सँगसँगै पढाईमा पनि अब्बल रहेका कलाकार हुन । विदेश जान भनेर आइएलटिएस सकेर बसेका बिक्रमले संगीतमा पछिल्लो समय पाएको सफलता देखेर हामीलाई पनि लाग्यो उनि संगीतकर्मकै लागि जन्मेका हुन, उनको भनाई थियो ।

सुनचाँदी व्यावसायी सँघ कास्कीका अध्यक्ष निर्मल दियालीले बिक्रम हाम्रै परिवार भित्रको सदस्य भएकाले पनि संस्थागत रुपमा सहयोग गरिने बताए । हामी सम्पूर्ण सुनचाँदी व्यावसायीहरु उनलाई आइडल बनाउन प्रतिबद्ध भएर लाग्ने छौ, उनले भने । पोखरा महानगरपालिका वडा २८ का अध्यक्ष समेत रहेका दियालीको अध्यक्षतामा बसेको बैठकले उक्त समिति चयन गरेको हो ।

कमेन्टहरु
Loading...