पोखरा, १२ कात्तिक / काठमाडौंका लागि अन्तिम ओभरमा जितेन्द्र मुखियाको दोस्रो बलमा अमर राउटेलाले छक्का प्रहार गरेपछि चार बल बाँकी छदाँ हुलास काठमाडौं रोयल्सले विराटनगरलाई ५ विकेटले पराजित गर्दै प्रिमियर लिगमा दोस्रो जित हासिल गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा
विराटनगर टाईटन्सले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौंले जितको लागि अन्तिम ओभरसम्म संघर्ष गर्यो । सन्दीप लामिछानेले १९ औं ओभरमा लामो समय क्रिजमा जमिरहेका व्याट्सम्यान गौरव तोमारलाई एन्ड्रयु सुविसानको हातबाट क्याच आउट गराएपछि खेल रोमाञ्चक तर्फ उन्मुख भयो ।
अन्तिम ओभरमा काठमाडौंका लागि जितको लागि ७ रनको खाँचो थियो । आफनो अन्तिम ओभरको बलिङ गर्ने तयारीमा थिए जितेन्द्र मुखिया पहिलो बलमा अमर राउटेलाले दुई रन जोडे । दोस्रो बलमा बाउन्सर हान्ने प्रयास गर्दै सट बल दिदाँ राउटेलाले छक्का प्रहार गर्दै काठमाडौंको दोस्रो जित सुनिश्चित बनाउँदा विराटनगर टाईटन्स भने पोखरा प्रिमियर लिगको तेस्रो खेल पराजित हुदैं औपचारिक रुपमा बाहिरिएको छ ।
तेस्रो व्याट्सम्यानको रुपमा क्रिजमा छिरेका गौरव तोमारको अर्धशतकीय महत्वपूर्ण पारीमा विराटनगर टाईटन्सलाई ५ विकेटले पराजित गर्यो । एक्स्ट्रा कभरमा छक्का हान्दै गौरभ तोमारले अर्धशतक पुरा गरेका थिए । जितेन्द्र मुखियाको बलमा छक्का हान्दै अर्धशतक पुरा गरेर आफनो व्याटिङलाई कप्तान ज्ञानेन्द्र मल्ललाई भरोसा दिलाए ।
तमोरले अमित श्रेष्ठसँग काठमाडौं रोयल्स
दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। । पहिलो विकेटको रुपमा अमित श्रेष्ठ ३५ रनमा काठमाडौंले गुमायो । ३३ बल खेल्दै ६ चौका प्रहार गरे । एकै ओभरमा अमित र नरेश बुढाएरलाई आउट गरेपछि ह्याटरिकको अवसरमा थिए साहबाव आलम । बुढाएर शुन्य रनमै आउट । सन्दीप लामिछानेले क्याच गरे ।
चौथो विकेटको लागि तोमारले ज्ञानेन्द्र मल्लसँग ४० रनको साझेदारी गरेर टिमलाई उकासे । १७ रन बनाउन १५ बल खेल्दै ज्ञानेन्द्र मल्ल लामो प्रहार गर्ने क्रममा प्रदीप ऐरीको हातमा बल पुग्यो । जितेन्द्र मुखियाको निकै महंगा सावित भएपनि महत्वपूर्ण विकेटको रुपमा मल्ललाई आउट गरेका थिए । तोमारले पृथु बास्कोटासँग पाँचौ विकेटको लागि २४ रनको साझेदारी गर्दै टिमलाई जिताउन संकेत गरे । सन्दीप लामिछानेले आफनो अन्तिम ओभर बलिङ गर्दै तोमारको विकेट लिए । तामोरको उत्कृष्ठ व्याटिङमा ६६ रन निस्कियो । ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।
नमस्ते पोखरा प्रिमियर लिगमा पहिलो जितको खोजीमा रहेको विराटनगर टाईटन्सले हुलास काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको थियो । टस जितेर व्याटिङमा उत्रिएको विराटनगरले ७ विकेटको क्षतिमा १४९ रन बनायो । ओपनर पाकिस्तानी खेलाडी मोहम्मद जायद आलमले ६७ रनबनाई आउट भए । उनले सुनिल धमलासँग पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरे । ठोस शुरुवात गर्ने क्रममा ४७ बल खेलेका जायदले सात चौका र चार चौका हिर्काए ।
पहिलो विकेटको लागि प्रभावकारी साझेदारी गरेपनि मिडिल अर्डरका व्याट्सम्यानले खासै प्रदर्शन दोहोर्याउन नसक्दा मध्यमस्कोरको लक्ष्य प्रस्तुत गर्यो । पहिलो विकेटको रुपमा सुनिल धमलालाई गुमायो । धमलाले २९ बलमा ३० रन बनाउन एक चौका र तीन छक्का प्रहार गरे ।
चार व्याट्सम्यान दोहोरो अंकको रन बनाउनबाट चुके ।
एन्ड्रयु सुविकसन ४, पुष्प थापा १, प्रदीप ऐरी ९ र राजु रिजालले १ रन मात्रै बनाए । राजेश पुलामी मगरले पनि ३० रन बनाए । उनले २७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । शुसान भारी, बसन्त रेग्मी र गौरभ तोमारले दुई विकेट लिएका थिए । खेलमा तोमारले म्यान अफ दि म्याचको पुरस्कार पाए । उनी दोस्रो पटक म्यान अफ दि म्याच भए । अब दिउँसो चितवन राईनोजले पोखरा पल्टनसँग खेल्ने छ ।