पाकिस्तान माथि नेपालको गोल वर्षा, यु १९ एएफसी छनोटको दोस्रो चरणमा

काठमाडौं, ११ कात्तिक / पाकिस्तान विरूद्ध नेपाल यु १९ एएफसी कपको छनोटमा गोल वर्षा गर्दै छनोट नजिक पुगेको छ । थाइल्याण्डमा जारी एएफसी यू १९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपालले तेस्रो खेलमा पाकिस्तानलाई ९ शुन्य को फराकिलो अन्तरमा हराउँदै दोस्रो चरण पुगेको हो।

नेपालको फराकिलो जितमा निशा थोकरले ह्याट्रिक गरिन् । खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लिएको थियो। सम्झना लावतीले ३२ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । ३८ औ मिनेटमा एलिशा जिम्बाले नेपालका लागि तेस्रो गोल गरिन् ।

पहिलो हाफमा ३ ० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप आधा दर्जन गोल भएको थियो । नेपालका लागि चौथो गोल पूजा रानाले गरिन् । त्यसको ६ मिनेटपछि गोलकिपर बिट भएको अवस्थामा उनले ब्यक्तिगत दोस्रो गोल गरिन् ।

५७ औ मिनेटमा निशा थोकरले सेकेन्ड बार च्याम्दै फ्रिकिकबाट गोल गरिन् । उनैले ७४ औ मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७–० को स्थितीमा पुर्याएकी थिईन् । ८५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै निशाले ह्याट्रिक पुरा गरेकी थिईन् । खेल सकिन एक मिनेट बाँकी छदाँ कप्तान सरु लिम्बुले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन् ।

कमेन्टहरु
Loading...