कास्की जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर स्मृति ब्याडमिन्टन प्रतियोगिता जारी

पोखरा,९भदौ। कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा शुक्रबारदेखि पोखरा रड्डशालामा सञ्चालित १२ औं कास्की जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर स्मृति ब्याडमिन्टन प्रतियोगिताअन्तर्गतआइतबार ३५ वटा खेल सम्पन्न भएका छन्। आइतबार यु–१२ ब्वाइज सिड्डलतर्फ सैनिक आवासीय महाविद्यालयका आशिष बानियाँले प्रगतिका धीरेन विलाई २१–११ र २१–१७ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे। अर्को खेलमा प्रगतिका विधान अधिकारीले सिद्धार्थका रिबेश राईलाई २१–१८ र २१–१३ को सोझो सेटमापराजित गर्दै सेमिफाइनलमा स्थान बनाए। यु–१२ गल्र्स सिड्डलतर्फ पहिलो क्वाटरफाइनल खेलमा टप्स उमाविकी आकृति केसीले माउण्ट एभरेष्ट बोर्डिङ स्कुलकी अञ्जली भण्डारीलाई २१–६ र २१–१३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन्।दोस्रो खेलमा सिद्धार्थ उमाविकी सृष्टि गुरुङले माउण्ट एभरेष्टकै संगीता लामालाई २१–५ २१–१८ को सोझो सेटमापराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन्।
यु–१६ गल्र्स सिड्डलतर्फ टप्सका पुष्पा चौधरीले माउण्ट एभरेष्टकी जेरुषा रानालाई २१–१० र २१–५ को सोझो सेटमापराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन्। अर्को खेलमा टप्सकै मेनुका गुरुङले माउण्ट एभरेष्टकै स्वेच्छा श्रेष्ठलाई २१–१८ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन्। यु–१६ गल्र्स डबलतर्फ माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका स्मृति पोखरेल र जेरुषा रानाको जोडीले टप्स उमाविका पुष्पा चौधरी र मेनुका गुरुङको जोडीले २१–१६, ७–२१ र २१–१७ को सेटमा पराजित गर्दै सेमिफाइन्लमा प्रवेश ग¥यो। अर्को खेलमा माउण्ट एभरेष्टका स्वेच्छा श्रेष्ठ र सुष्मा श्रेष्ठको जोडीले माउण्ट एभरेष्टकै असुमा रानाभाट र अञ्जली भण्डारीको जोडीलाई २१–१९ र २१–९ को जोडीले पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग¥यो।
यु–१६ ब्वाइज सिड्डलतर्फ टप्स उमाविका दिपल गुरुङले सैनिकका सचिन भण्डारीलाई २१–९ र २१–१३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पक्का गरे। अर्को खेलमा पोखरा एकेडेमीका प्रदीप अधिकारीले सिद्धार्थका प्रवेश श्रेष्ठलाई १२–२१, २१–१९ र २१–१३ को सेटमापराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे। यु–१६ ब्वाइज डबलतर्फ पोखराका एकेडेमीका प्रदीप अधिकारी र राजन जिसीको जोडीले टप्सका दिपल गेरुङ र सुरज पौडेलको जोडीलाई २१–१२ र २१–१७ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग¥यो।अर्को खेलमा सिद्धार्थका प्रवेश श्रेष्ठ र अविरल गुरुङको जोडीले प्रगतिका विधान अधिकारी र आशिष अधिकारीको जोडीलाई २१–१६, १९–२१ र २१–१८ को सोटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग¥यो।

कमेन्टहरु
Loading...