पोखरा, ११ कात्तिक / पोखरा प्रिमियर लिग (पिपिएल) (PPL) क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई १५१ रनको लक्ष्य प्रस्तुत गरेका छन् ।
टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १५० रन बनाउदै पोखरालाई १५१ रनको लक्ष्य दिएको हो । बुटवलका लागि भिम सार्कीले सर्वाधिक ५४ रनको बनाए । उनले ४६ बलमा ३ छक्का र २ चौंका प्रहार गर्दै अर्धशतक प्रहार गरे ।
त्यस्तै रोहन मुस्तफाले ४५ रन बताउदा ३५ बलमा २ छक्का र ३ चौंका प्रहार गरे । सोमपाल कामीले २२ र सिद्धान्त लोहनील १३ रन बताए । बुटवल ब्लास्टर्सले ३ विकेट अन्तिम ओभरमा गुमाएको थियो । बुटवललाई १५० रनमा समेटन पोखरा पल्टनका मोहम्मद नभिदले ३ विकेट लिए ।
उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चिदै ४ विकेट हात पारे । त्यस्तै मेहेबुब आलम, ललितनारायण राजवंशी र सरद भेषवाकरले समान १–१ विकेट लिए । जवाफी व्याटिङ गरिरहेको पोखरा पल्टनले यो समाचार तयार पार्दा सम्म ४ ओभरमा १ विकेटको क्षतीमा ३१ रन बनाएको छ ।