अब आफ्नो बारेमा पनि बोलौ ः पत्रकारहरु

पोखरा, ९ भदौ /सधै अरुको अधिकारको बारेमा बोल्ने र लेख्ने गरेका पत्रकारहरुले अब आफ्नो
बारेमा पनि बोल्न पर्ने बेला भएको बताएका छन । क्रान्तिकारी पत्रकार महासंघ
कास्कीले पोखरामा गरेको बदलिदो परिस्थीतीमा पत्रकार र संचारमाध्यमहरुको
भुमिका बिषयमामा आयोजना गरिएको अन्र्तकृया कार्यक्रममा बोल्ने बक्ता तथा
श्रमजिबि पत्रकारहरुले अब आफ्नो अधिकारको लागि पनि संघर्ष गर्ने चेतावनी
दिएका हुन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्दीय सदस्य दुर्गा भण्डारीले
अब पत्रकारहरुले सार्बजनिक कार्यक्रम र बहसहरुमा मात्र नभई साचो अर्थमा आफ्नो
अधिकारमा जाइलाग्नुपर्ने बताईएन बिगतमा पत्रकार महासंघमा मालिकहरुको बर्चस्व
भएका कारणनै श्रमजिबि आन्दोलन अगाडि बढ्न नसकेको उनको भनाई थियो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिबिनोद प्रतिकले राज्यले बिज्ञापन नितिमा
बिभेद गरेकोले संचारमाध्यम सक्षम बन्न नसकेको बताए ।
कार्यmक्रममा क्रान्तिकारी पत्रकार महासंघ सुचना केन्द्रका तमुवान राज्य संयोजक ओेम हमालले
कार्यपत्र प्रस्तुुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेकपा– माओबादी
तमुवान राज्य समिति ईन्चार्ज श्रीनाथ अधिकारी श्यामले मंसिर ४ को र्निबाचन
बहिस्कार मात्र नभई बिथोल्ने निति रहेको स्पष्ट पारे । बर्तमा र्निबाचनले
संबिधान दिनुपर्ने ज्ञारेन्टी गर्ने हा भने माओबादी निसर्त र्निबाचनमो जान
सक्ने उनको भनाई थियो । तर अहिलेको गोलचक्कर बाट संबिधान बन्न सक्ने
कुनै आधार नभएको उनको भनाई थियो ।
आफ्ना कार्यकर्ता यतिबेला गाउ गाउमा जनातालाई चुनावको नौटंकीको बारेमा खुलस्त पार्न र संगठित गर्न ब्यस्त
भएको उनको भनाई थियो । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय
सदस्य माधब पनेरु , प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, प्रेस युनियन
कास्की उपाध्यक्ष यदुनाथ बन्जरा, कृयाशिल युवा पत्रकार संघ अध्यक्ष कमल पौडेल
अथक, संचारिका समुह पश्चिमांचल महासचिब कृपा भण्डारी , पोनि कास्की अध्यक्ष
होम तमु, क्रान्तिकारी पत्रकार संघ गण्डकी जिल्ला समिति अध्यक्ष दिपक परियार
लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...