शोभायात्राको तयारी अन्तिम चरणमा

पोखरा, ९ भदौ/सनातन धर्म सेवा समिति कास्कीले जन्माष्टमी शोभायात्राको तयारी अन्तिम चरणमा पुगेको छ । भदौ १२ गते पोखरामा जन्माष्टमी शोभायात्रा निकाल्दै छ । समितिले आइतबार प्रकाशित गरेको प्रेस विज्ञप्तिमा जनाए अनुसार शोभायात्रामा पोखराका प्रमुख धार्मिक संघसंस्था ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, श्यामाश्याम सत्संग, श्री सत्यसाई सेवा केन्द,्र सिद्धाश्रम शक्ति केन्द्र, स्वामी नारायण ट्रष्ट, श्रीकृष्ण प्रणामी सेवा समिति लगायतका संघसंस्थाहरु झाँकी सहित प्रस्तुत हुनेछन् ।
त्यसैगरी पोखरामा चर्चित आमा समूह, भजनटोली बालगोपाल भजनटोली, लगायत विभिन्न टोलबाट समेत विभिन्न समूहको समेत उपस्थिति रहनेछ । शोभायात्रामा व्यक्तिगत तर्फबाट आ–आफ्ना नानीहरुलाई बालकृष्णको रुपमा सिंगारेर ल्याउन समितिले अनुरोध गरेको छ ।
शोभायात्रापछि आयोजित धार्मिक सभालाई युवा सन्त रोहितराज (गुरुङ) महाराजले सम्बोधन गरिने कार्यक्रम रहेको छ भने राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गायक खेम गुरुङ लगायतका कराकारबाट भजन एवं नृत्य प्रस्तुत हुने जनाइएको छ । पोेखरामा २६ औं पटक शोभायात्रा निकाल्न लागिएको समितिका अध्यक्ष रबीन्द्र माकाजूले बताए ।

कमेन्टहरु
Loading...