श्रृखंला युवा क्लबको २७ औं वार्षिकोत्सव

पोखरा, ९ भदौ /पोखरा उपमहानगरपालिकास“गै जोडिएको भलाम गाविस वडा नं. १ स्थित श्रृखंला
युवा क्लबले आफ्नो २७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना
गरी मनाएको छ । सो क्लबले सोही अवसरमा शनिबार नेपाली महिलाहरुको महान
चाड तीजको मौका पारी चेलीहरुलाई दर खुवाउने कार्यक्रम गर्नुका साथै क्लबको
उत्थान र विकासमा सहयोग पु(याउने तथा एसएलसी परीक्षा २०६९ मा उत्कृष्ट अंक
ल्याउने दुई दलित छात्रछात्रालाई सम्मान ग¥यो ।उक्त कार्यक्रममा एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने दलित छात्रा रक्षा नेपाली
र छात्रतर्फ सुवाष नेपालीलाई सम्मान गरिएको थियो भने क्लबको उत्थान र
विकासमा योगदान पु¥याउने इञ्जिनीयर रामकाजी गुरुङ, समाजसेवी अर्जुनबहादुर
क्षेत्री, हरिहर भक्ति आमा समूहकी अध्यक्ष सरस्वती गौतम र गोर्खा ट्रेनिङ
एशोसिएसनका रामप्रसाद गुरुङ पनि सम्मानित भएका छन् । त्यस्तै भलाम गाविसमा नै
जन्मिएर कला क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने लोकगायक चोलेन्द्र पौडेल
पनि सोही अवसरमा सम्मानित भएका छन् । उनीहरुलाई हरिहर सन्यास आश्रमका
उपाध्यक्ष त्रिलोचन पौडेलले सम्मान प्रदान गरेका थिए ।
क्लबका अध्यक्ष महेन्द्र पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रेशमबहादुर
खत्रीले गरेका थिए भने कार्यक्रम सञ्चालन सन्तोष केसीले गरेका थिए ।
यसैबीच सो क्लबले चालू आर्थिक वर्षमा एक सार्वजनिक शौचालय निर्माण गर्ने र
एक सार्वजनिक वाचनालय बनाउने उद्देश्य लिएको क्लबका उपाध्यक्ष रेशमबहादुर खत्रीले
जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...