तालको अभिलेख केलाउदै अख्तियारको टोलि

गोकुल बानियाँ/पोखरा ९ भदौ । ताल अतिक्रमणमको अबस्था र कारण बुझ्न पोखराका रहेको अख्तिायार दुरुपयोग अनुसन्धानको टोलिले सरकारी कार्यलयमा भएका तालको अभिलेख केलाउन सुरु गरेको छ । पोखराका सम्बिन्धत सरकारी कार्यालयमा रहेका तालको अभिलेखमाथिको अध्ययन अनुसन्धान थलिएको टोलिका एक सदस्यले बताएका छन् । dfs
यसअघि पोखराको फेवाताल र लेखनाथको रुपा तथा मैदी तालको स्थलगत अनुगमन गरी अतिक्रमण बारे बुझेको टोलिले आज नापी, मालपोत, उपत्यका नगरबिकास समिति लगायतका कार्यलयमा पुगेर अभिलेखहरुको अध्ययन गरेका हो । ताल अतिक्रमण गरी बिक्रि, नामसारी गरिएको जग्गा, तालको पहिलेको अबस्था लगायतका बिषयमा अध्ययन गर्न कार्यालयमा रहेका कागजाजमाथिको अनुसन्धान थालिएको हो । मालपोत, नापीमा दर्ता भएका जग्गाको बैधानिकता बुझेर अतिक्रमितहरुको पहिचान गरिने बताईएको छ ।
टोलिले शनिबार कास्कीको लेखनाथमा रहेका तालहरुको अतिक्रमणबारे अनुसन्धान गरेको थियो । स्थलगत अध्ययन अनुसन्धानको क्रममा स्थानियबासी, तालवरपरका जग्गाधनी लगायतका ब्यक्तिहरुसंग टोलिले कुराकानी गर्ने गरेको छ । अध्ययन टोलिले ठुलो आठ तालको साथै पोखरा उपत्यकामा रहेका स–साना तालहरुको अबस्था बारे पनि स्थलगत अबलोकन गर्दै आएको छ । पोखरा उपत्यकामा रहेका ८ ताल र यस क्षेत्रका ससाना तालतलैयाहरुको अतिक्रमणको अबस्थाबारे अध्यनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिब कृष्णप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठन गरेको ५ सदस्यिय टोलि भदौ ६ गतेदेखि पोखरामा बसी अध्ययन अनुसन्धान गरिरहेको छ ।
टोलिलाई ताल तलैयाहरुको अहिलेको वस्तुस्थिति र साबिकको स्थितिका बारेमा स्थलगत भ्रमण एवं दस्तावेजहरु भिडाई अतिक्रमण भएको क्षेत्र, क्षेत्रफल र अतिक्रमण गर्नेहरुको पहिचान गरी तत्काल चाल्नुपर्ने कदम एवं कारबाही समेतको सिफारिस गरी प्रतिवेदन पेश गर्न भनिएको छ । मानबिय र प्राकृतिक अतिक्रमणको कारण २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल अहिले ९ हजार ५ सय रोपनी क्षेत्रफलमा खुम्चिएको छ । त्यस्तै सात तालको बगैचा शहरको रुपमा चिनिएको लेखनाथमा रहेका अधिकांश ताल लोप हुने अबस्थामा पुगेपछि अख्तियारले पहिलोपटक यस क्षेत्रको ताल संरक्षणमा चासो देखाएको हो ।

कमेन्टहरु
Loading...