सरकारले बेवास्ता गरेको फलफुल तथा तरकारी थोक ब्यबशायीको गुनासो

गोकुल बानियाँ /पोखरा ९ भदौ । फलफुल तथा तरकारी थोक ब्यबशायीहरुले सरकारले आफुहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । उपभोक्तको दैनिक जीबनसंग सरोकार राख्ने ब्यबशायलाई ब्यबस्थित गर्ने काममा सम्बन्धित निकायको ध्यान जान नसकेको उनिहरुको गुनासो छ । फलफुल तथा तरकारी थोक ब्यबशायलाई ब्यबस्थित बनाउदै उत्पादन बृद्धिमा कृषकलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारी निकाय चुकेको ब्यबशायीको आरोप छ । सरकारले काठमाण्डौको कालीमाटीपछि पोखराको थोक बजारलाई ब्यबथित बनाउने योजना अघि सारेपनि अहिले अब्यबस्थित हुदै गएको उनिहरुले बताए ।
फलफुल तथा तरकारी थोक ब्यबशायी संघ कास्कीको ११ औं बार्षिकोत्सबको अबसरमा बोल्ने ब्यबशायीले पोखराको थोक बजारलाई ब्यबस्थित गर्न नसक्दा ब्यबशायी पयालन भएको गुनासो पाखेका हुन् । नेपाल फलफुल तथा तरकारी थोक ब्यबशायी महासंघका अध्यक्ष खुम प्रसाद घिमिरेले ब्यबशायलाई मर्यादित बनाउन महासंघले ब्यबशायिक आचारसंहितको तयारी गरिरहेको बताए । सरकारी निकायले ब्यबशायिक हक हितको लागि काम गर्न नसकेको उनको आरोप छ । फलफुल तथा तरकारी थोक बजारलाई बेलैमा ब्यबस्थित गर्न नसके कृषकको उत्पादन देखि उपभोक्ता सम्मलाई असर पर्ने उनले बताए ।
क्षेत्रीय कृषी निर्देशक धर्मदक्त बरालले फलफुल तथा तरकारी उत्पादक कृषकलाई सहुलियत दिदै उत्पादन बढाउन सके ब्यबशायीहरुलाई पनि सहज हुने बताए । उपभोक्ता अधिकारको ख्याल राखी स्वस्थ ब्यबशाय गर्न उनले सुझाब दिएका छन् । पोखरा उपमहानगरपालिकाका सुरक्षा शाखा प्रमुख बसन्त चालिसेले ब्यबशायीक मर्यादामा रही काम गर्न सुझाब दिएका छन् । बजार ब्यबस्थित गर्ने जिम्मेवारी नगरपालिकाको भएपनि ब्यबशायी पनि स्वयं जिम्मेवार हुनुपर्ने उनले बताए । कतिपय ब्यबशायीको असहयोगको कारण पनि बजार ब्यबस्थापनको काम गर्न समस्या भएको उनको भनाई छ ।
कृषी उपज बजार संचालक समितिका अध्यक्ष रामकृष्ण दुवाडीले थोकब बजारलाई ब्यबस्थित बनाउन दातृ निकाय संगको सहकार्यमा करिब १७ करोडको योजना ल्याउन लागिएको बताए ।
कृषक, ब्यबशायी र सम्बन्धित निकाय बिचको समन्वयकारी भूमिका अत्याबश्यक रहेको उनले बताए । पोखरा उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष अशोक पालिखेले बजारको एक किलोमिटर क्षेत्र भित्र थोक बसल संचालन गर्न नपाइने प्राबधान भएपनि सम्बन्धित निकायले नियमन गर्न नसकेको बताए । पोखराका बिभिन्न स्थानमा दैनिक हाट बजार संचालन गर्न सके उपभोक्ता र ब्यबशायी दुबैलाई फाईदा हुने उनको धारण छ । पोखराको फलफुल तथा तरकारी थोक बजार अब्यबस्थित हुदा अहिले कतिपय सटरहरु खाली छन् भने त्यहाका ब्यबशीहरु अन्यत्र गई ब्यबशाय संचालन गरिरहेका छन् । सबै ब्यबशायीलाई थोक बजारमा समेट्न सहभागिले सुझाब दिएका छन् ।
कार्यक्रममा पोखरा नेपाली कांग्रेसका उपसभापति बिष्णु प्रसाद बास्तोला, एकिकृत माओबादीका सन्तोष सोनाम, नेकपा माओबादीका दिबाकर भट्टराई, पोखरा उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष अशोक पालिखे, संघका संस्थापक अध्यक्ष रुद्र प्रसाद खनाल, सस्तो बजारका अध्यक्ष श्रीप्रसाद खनाल, वडानम्बर ९ का सचिब लोक दर्शन कोईराला, कृषी उपज बजार ढुवानी संघका पिताम्बर अधिकारी, कृषी उपज बजार प्रतिनिधि तारा प्रसाद सुबेदी, संघका सचिब निर्मल बास्तोला लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...