संविधानसभा वहिष्कार टोली गाउ चहार्दै घान्द्रुकमा

पोखरा, ९ भदौ । संविधानसभा चुनाव वहिष्कार अभियानसहित जनजागरण कार्यक्रम लिएर निस्किएको मोहन वैद्य नेतृत्वको नेकपा –माओवादी कास्की क्षेत्र नं. ४ को टोली आइतबार कास्की जिल्लाको सुदुर उत्तरी भेगमा पर्ने घान्द्रुकमा पुगेको छ । नेकपा–माओवादी कास्कीका सहसेक्रेटरी कृष्ण वाग्लेको नेतृत्वमा रहेको २० जनाको टोली संविधानसभा चुनाव वहिष्कार अभियानसहित जनजागरण कार्यक्रम लिएर घान्द्रुक पुगेको हो । 
घान्द्ुकमा सो टोलीले स्थानीय मेश्रम बराह उच्च माविमा अध्यापनरत शिक्षकहरुसंग देशको समसामयिक विषय र संविधानसभा चुनाव वहिष्कार अभियानका बारेमा छलफल गरेको थियो । छलफलका क्रममा सो उच्चमाविका शिक्षकहरुले देश र जनताका लागि दशवर्षे जनयुद्ध लडेको तथा बिस्तृत शान्ति सम्झौताको एक पक्षधर नेकपा माओवादीलाई वेवास्ता गरेर संविधानसभाको चुनाव हुनै नसक्ने बताएका थिए ।
त्यस्तै टोलीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका बीच आगामी संविधानसभा वहिष्कारका कारणहरुका बारेमा व्यापक छलफल गर्दै विद्यार्थी संगठनको निर्माण गरेको नेकपा–माओवादी कास्की क्षेत्र नं. ४ का सेक्रेटरी सूर्यबहादुर खड्काले जानकारी दिए । वहिष्कार अभियान टोलीले यसभन्दा अघि पुम्दीभुम्दी, चापाकोट, भदौरे तामागी, कास्कीकोट, सराङकोट हेमजा, ढिकुरपोखरी, लुम्ले, दाङसिङ गाविसमा संविधानसभा चुनाव वहिष्कार तथा जनजागरण अभियान सञ्चालन गरिसकेको छ ।
टोलीले संविधानसभा चुनाव वहिष्कार सम्बन्धि प्रचारप्रसार, भित्तेलेखन, जनभेटघाट गर्नुका साथै विभिन्न व्यक्ति, संघ संगठन र संस्थाहरुसग अन्तरक्रिया छलफल गरेको थियो भने विभिन्न स्थानमा पार्टी समिति गठन पनि गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

कमेन्टहरु
Loading...