२५ किलो सुन लुटे प्रहरीले

पोखरा, ९ भाद्र/काठमाडौं परिसरको विशेष टोलीमा काम गर्ने दुई प्रहरी जवानले २५ किलो सुन लुटेको खुलासा भएको छ । घुमुवा प्रहरी नारायण थापा र राजकुमार माझीले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन लिएर आएको गाडीलाई तीन साताअघि काभ्रेको धुलिखेलबाट अपहरण गरी भकुन्डेबेसी पुर्‍याई सुन लुटेका आजको कान्तिपुरमा समाचार छ । उनीहरूलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाइएको छ ।
images_20130710014315उनीहरूले ६ जना लुटेराको सहयोग लिएको प्रहरी स्रोतले बतायो । तर लुटिएको सुन अझै बरामद भएको छैन । थापा उनै हुन्, जसले दुई महिनाअघि काठमाडौं परिसरले बरामद गरेको १६ किलो सुनको सूचना दिएका थिए । सुन बरामद र पक्राउमा मुख्य भूमिका निभाएका उनले चित्तबुझ्दो कमिसन नपाएपछि आफैंले पाएको सूचनाका आधारमा रेकी गर्न जाँदा लुटपाटको मनसाय बनाएको प्रहरी बताउूछ ।
तातोपानीबाट सुन आउँदै छ भन्ने सूचना पाएर साउन १४ गते उनीहरू रेकी गर्न गएका थिए । उक्त सुन तस्कर दोर्जे शेर्पाको हो । शेर्पा आफैंले गाडी चलाएर सुन लिएर आइरहेका थिए । सूचना पाएपछि थापा र माझी दुई तीन दिनदेखि नै काभ्रेमा थिए । उनीहरूले सुन आएको पुष्टि भएपछि काठमाडौंको विशेष टोलीलाई खबर गरेर पक्राउ तथा बरामदका लागि बनेपा बोलाएका थिए ।
ुकाठमाडौंबाट गएका ६(७ जनालाई बनेपामा पर्खिन लगाएर उनीहरूले धुलिखेलदेखि गाडी भकुन्डेबेसीतर्फ मोडे,ु एक प्रहरी अधिकृतले भने, ुबनेपामा बसेकाहरू पर्खिएरै बसिरहे ।ुघन्टौंसम्म पनि नआएपछि शंका लागेर उनीहरूले सोधखोज गर्दा आफ्नै टोलीका सदस्यले बेइमानी गरेको पत्ता लाग्यो ।

कमेन्टहरु
Loading...