नेपाली फुटबल टोलीलाई अर्को सफलता, फहाहीललाई ३ शुन्यले हरायो

पोखरा, ९ भाद्र/नेपालली राष्टिय टोलिले लगातार तिन मैत्रिपुर्ण खेलमा विजयी हासील गरेको छ । नेपाली टोलीले कुबेतको लिग बिजेता क्बल फहाहील यससीलाई ३ शुन्य गोल अन्तरले हराएको छ । जितका लागी अनिल गुरुङ्गले दुई गोल र टेकबहादुर बुढाथोकीले १ गोलका योग्दान दिए । नेपालका लागी अनिलले गोलकको खाता खोलेका थिए उनले खलेको २० औ र ६८ औ मिनेटमा गोल गरेकका थिए । टेकबहादुरले खेलका ४९ औ मिनेटमा गोल गरे । 
nepalयस अघिको खेलमा नेपालले विमल घर्तिमगरको ह्याट्रीकको मद्धतले कुवेतमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा ८–२ को नतिजा निकाल्दै स्थानीय अल अरबी टोलीलाई हराएको थियो । स्थानीय अल कज्मा रंगशालामा भएको खेलमा नेपालका युवा खेलाडी बिमल घर्तिमगरले खेलको ७, ६८ र ८७औं मिनेटमा गोल गर्दै ह्याट्रीक गरेका थिए । नेपालका लागि सन्तोस साहुखलले २ तथा निराजन खड्का, टेक बुढाथोकी र विजय गुरुङले एक–एक गोल गरेका थिए। पहिलो खेलमा नेपालले कुवेतको २० वर्ष मूनिको टोलीलाई २ शून्यले हराएको थियो।
नेपाली फुटबल टोली स्वेदश फर्कदै
भदौ १६ गतेबाट काठमाडौंमा हुने साफ च्याम्पियनसिप फुटबलको तयारीका क्रममा कुबेतमा रहेको नेपाली राष्ट्रिय टोली आज स्वदेश र्फकँदैछ । नेपाली टोली राति पौने ९ बजे काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
तस्वीर सौजन्य गोलनेपाल डट कम

कमेन्टहरु
Loading...