अख्तियार टोलिद्धारा लेखनाथको ताल अतिक्रमणबारे अध्ययन सुरु

गोकुल बानियाँ/पोखरा ९ भदौ । अख्तिायार दुरुपयोग अनुसन्धानको टोलिले कास्कीको लेखनाथमा रहेका तालहरुको अतिक्रमणबारे अनुसन्धान थालेको छ । तीन दिन देखि पोखरामा रहेको टोलिले लेखनाथको सात वटै तालको अतिक्रमण बारे अध्ययन प्रतिबेशन तयार पर्नेछ । अतिक्रमणको कारण र अतिक्रमणमा संलग्न ब्यक्ति तथा संस्थाको पहिचान गरी कारबाहीको लागि सिफारिस समेत गर्नेछ ।
टोलिले लेखनाथको रुपा र मैदी तालको अध्ययन अबलोकन गरेको छ । दुईओटै तालको अध्ययनको क्रममा अतिक्रमणको समस्या देखिएकाले यसको कारण बारे अनुसन्धान गरिने टोलिका एक सदस्यले बताएका छन् । स्थलगत अध्ययन अनुसन्धानको क्रममा स्थानियबासी, तालवरपरका जग्गाधनी लगायतका ब्यक्तिहरुसंग पनि कुराकानी उनले बताए । अध्ययन टोलिले ठुलो आठ तालको साथै पोखरा उपत्यकामा रहेका स–साना तालहरुको अबस्था बारे पनि स्थलगत अबलोकन गरेको छ ।
gopiयसैक्रममा पोखराको भद्रकालिमा रहेको कमलपोखरीको अबलोकन गरिएको टोलि संगै रहेका कास्कीका स्थानिय बिकास अधिकारी ईश्वरराज पौडेलले बताए । सहसचिब कृष्णप्रसाद ढुङ्गानाको नेतृत्वमा आएको ५ सदस्यिय टोलिले यसअघि फेवाताल अतिक्रमणको कारण बारे अध्ययन अनुसन्धान गरेको थियो । दुई दिन लगाएर गरिएको अनुसन्धानको क्रममा तालको पहिलेको क्षेत्रफल र अहिलेको क्षेत्रफल, ताल किनारमा भएका अतिक्रमित जग्गा र अतिक्रमणको कारण बारे अध्ययन गरेको थियो ।
टोलिले स्थानियबासीको साथै ताल संग सरोकार राख्ने संघ संस्था एबं ब्यक्तिहरुलाई भेटेको थियो । पोखरा उपत्यकामा रहेका तालतलैया अतिक्रमण बारे अध्ययनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साउन ३२ गते सह–सचिब ढुंगानाको संयोजकत्वमा गठन गरेको टोलि बिहिबार पोखरा आई अनुसन्धान थालेको थियो । टोलिलाई ताल तलैयाहरुको अहिलेको वस्तुस्थिति र साबिकको स्थितिका बारेमा स्थलगत भ्रमण एवं दस्तावेजहरु भिडाई अतिक्रमण भएको क्षेत्र, क्षेत्रफल र अतिक्रमण गर्नेहरुको पहिचान गरी तत्काल चाल्नुपर्ने कदम एवं कारबाही समेतको सिफारिस गरी प्रतिवेदन पेश गर्न भनिएको छ ।
मानबिय र प्राकृतिक अतिक्रमणको कारण २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल अहिले ९ हजार ५ सय रोपनी क्षेत्रफलमा खुम्चिएको छ । त्यस्तै सात तालको बगैचा शहरको रुपमा चिनिएको लेखनाथमा रहेका अधिकांश ताल लोप हुने अबस्थामा पुगेपछि अख्तियारले पहिलोपटक यस क्षेत्रको ताल संरक्षणमा चासो देखाएको हो ।

कमेन्टहरु
Loading...