अर्चलबोटमा आईतबार देखि सेभेन ए साईड फुटवल हुने

पोखरा ८, भदौ/ अर्चलवोटमा रहेको युनाईटेड अर्चलवोट युथ क्लबको आयोजनामा भोलि (आईतबार) देखि सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
एक साता चल्ने उक्त प्रतियोगितामा ५५ टिमको सहभागि रहेको खेल संयोजक प्रदिप गुरुङले बताए । उक्त प्रतियोगितामा विजेता टोलीलाई उपाधि सहित ७७ हजार ७ सय ७७ रुपैया प्रदान गरीने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, वेष्ट डिफेन्स, वेष्ट मिड फिल्ड, वेष्ट स्टाइकर, वेष्ट गोलरक्षकलाई ट्रफिको साथमा जनहि ५÷५ हजार पुरस्कार समेत प्रदान गरीने भएको क्लबका अध्यक्ष पुर्णप्रसाद पुनले बताए ।
स्थानीय खेलाडी उत्पादन गर्न, क्लवको खेल मैदान निमार्ण गर्न , युवाहरुमा खेल प्रति जागरण गराउन तथा खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पुनले बताए । क्लबले यस अघि अर्चलबोट महोत्सव, रक्तदान कार्यक्रम, सरसफाई तथा एचआईभि÷एड्स सम्बन्धि सचेतना मुलक कार्यक्रमहरु समेत आयोजना गर्दै आएको पुर्व सचिव जय पुनले बताए ।
पोखराको पुरानो टुडिखेलमा आयोजना हुने उक्त प्रतियोगिता सम्पन्न गर्न ६ लाख ६६ हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...