गजल प्रतिभा पुरस्कारबाट आर. के. अदिप्त सम्मानित

पोखरा, भदौ ८ गते/गजल सन्ध्या, पोखराले हरेक वर्षमोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको
गजल प्रतिभा पुरस्कार यस वर्ष पर्वतका युवा गजलकार आर. के. अदिप्त गिरीलाई
प्रदान गरिएको छ ।‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने नारासहित क्रियाशील सन्ध्याले शनिबार
१४८ औं मोतीजयन्तीका सन्दर्भ पारेर पोखरामा आयोजना गरेको एक
कार्यक्रमका बीच २ हजार २ सय २२ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला रहेको सो
पुरस्कार साहित्यकार सरुभक्तले गिरीलाई प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै
सरुभक्तले नेपाली गजलले आर. के. अदिप्तजस्ता प्रतिभाशाली गजलकारहरुको
योगदानका कारण उच्च स्तर प्राप्त गर्न सफल भएको बताउनुभयो ।
आर. के. जस्ता निरन्तर क्रियाशील गजलकारको सम्मान गर्नु स्वयम् गजल सन्ध्या नै पुरस्कृत
भएको भन्दै सरुभक्तले गजल अब नेपाली साहित्यमा सम्मानित र अनुकरणीय विधा
भइसकेको जिकिर गर्नुभयो । पुरस्कृत व्यक्तित्व अदिप्तले अज्ञानताकै बीच गजल लेखन थालेको स्मरण गर्दै
नेपाली साहित्यमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आफू लागिरहेको बताउनुभयो
। आफ्नो अभियानलाई गजल प्रतिभा पुरस्कारले धेरै महत्व राख्ने बताउँदै
उहाँले अझ नयाँ काममा लागिरहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक ईश्वरमणि अधिकारीले आर. के.
सानै उमेरमा धेरै प्रगति गर्न सफल बहुआयामिक व्यक्तित्व भएकाले पुरस्कृत गर्न
पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
गजलकार ईश्वरमणि अधिकारीको संयोजकत्वमा दीपक समीप र रुपिन्द्र प्रभावी सदस्य
तथा अध्यक्ष उदिपराज ढुङ्गाना र सचिव लक्ष्मण तिमिल्सिना पदेन सदस्य रहेको
प्रतिभा छनौट समितिको सिफारिसमा गिरीलाई प्रदान गरिएको हो ।
सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार
दीपक समीप, डा. निरज भट्टराई, कमल पौडेल ‘अथक’, सरस्वती प्रतीक्षालगायतले
पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । सचिव लक्ष्मण तिमिल्सिनाले सञ्चालन
गर्नुभएको कार्यक्रममा उपाध्यक्ष बिर्सना बस्नेतले स्वागत गर्नुभएको थियो ।
पर्वतमा रहेर ‘ई समकालीन नेपाली गजल’ नामक संयुक्त राष्ट्रिय गजलसङ्ग्रह
सम्पादन गर्नुका साथै ‘नगरा घन्कन्छ’ (गजलसङ्ग्रह), शब्द–सङ्गीत (संयुक्त
गीतसङ्ग्रह) र सीमान्त अक्षरहरु (कवितासङ्ग्रह) प्रकाशन पनि गरिसक्नुभएका गिरीले
नेपाली गजलका क्षेत्रमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको कदरस्वरुप सो
पुरस्कार प्रदान गरिएको हो ।
गिरी यसअघि नवआवाज प्रतिभा पुरस्कार– २०६१, परिवर्तन सचेतना अभियान नेपाल
(सम्मान–२०६२), सामुदायिक विकास मञ्च बाग्लुङ (सम्मान–२०६२), अ गिफ्ट
मेम्बरसिप अवार्ड ९ल्बतष्यलब िन्भयनचबउजष्अ क्यअष्बतथ( ग्क्ब्(द्दण्ण्छ०, युथ एसिया
अवार्ड, राष्ट्रिय कविता महोत्सव, देवकोटा शतवार्षिकी कविता पुरस्कार, विश्व
प्रकृति संरक्षण पुरस्कार, रत्न श्रेष्ठ पुरस्कारसहित राष्ट्रिय र अन्तर्राष्ट्रय
पुरस्कारहरुबाट सम्मानित भइसक्नुभएको छ ।
सो पुरस्कारबाट यसअघि रुपक वनबासी, इन्द्रकुमार विकल्प, कमल पौडेल ‘अथक’,
गोविन्दराज विनोदी र दीपक समीप सम्मानित भइसक्नुभएको छ ।

कमेन्टहरु
Loading...