गुप्तेश्वर महिला बचत तथा ऋण सहकारीको साधारणसभा

भदौ ८,पोखरा/पोखराको छारेपाटनमा रहेको गुप्तेश्वर महिला बचत तथा ऋण सहकारीको शनिवार एक कार्यक्रमका बिच गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको सभा हलमा साधारणसभा सम्पन्न भएको छ । सहकारी डिभिजन कार्यलय पोखराका शाखा अधिकृत बालकृष्ण सुवेदीले उक्त सहकारीलाई थप उचाइमा पुगेर सेवा गर्न अनुरोध गर्नुभयो । सहकारीकी अध्यक्ष तथा सो कार्यक्रमकी सभापती सिता बरालले उपीस्थत सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहकारीलाई अझ व्यवस्थित र विस्तार गर्दै लगेर थप सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा कोषाध्यक्ष इनद्रकला काफ्लेले आर्थीक प्रतिवेदन,लेखा संयोजकको प्रतिवेदन ल्क्षमी अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।
गुप्तेश्वर महिला बचत तथा ऋण सहकारीकी सचिव बिन्दु कार्की द्धारा सञ्चालीत सो कार्यक्रममा सुस्मा पौडेल,सरिता घिमीरे,दिपेन्द्र पौडेल,राजन अधिकारी,कालिदास पौडेल,ल्षमण बास्तोला,तुलसीराम बराल,तारा काफ्ले ऋतु लम्साल,श्रीराम सुवेदी,कृष्ण लम्साल,श्रीबहादुर रानाभाट लगायतले सहकारीलाई शुभकामना दिँदै आ–आफ्नो भनाई राख्नुभएको थियो । सोही कार्यक्रममा उत्कृष्ट बचतकर्ता बिष्णु सुवेदी लाई दोशल्ला ओडाएर सम्मान गरीएको थियो ।

कमेन्टहरु
Loading...