अम्बट टोल सुधार समितिमा तिवारी

भदौ ८,पोखरा/पोखरा ६ बैदाम स्थित अम्बट टोल विकास समितिको अधिवेशनले शंकर तिवारीको अध्यक्षतामा ११ सदस्यित कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा कल्पना पहारी, सचिवमा लक्ष्मण पहारी तथा कोषाध्यक्षमा अनिरुद्र आचार्य चयन भएका छन् ।
tolशनिवार भएको पहिलो अधिवेशनले सदस्यहरुमा हरि आचार्य, जानकी बराल, निरु श्रेष्ठ, सीता भट्टाराई, सञ्जय भट्टराई, दिपक भट्टराई र महेश कुँवर चयन भएका छन् । यसैविच समितिको पहिलो बैठकले पाँच सदस्यिय सल्लाहकार समितिपनि चयन गरेको छ । सल्लाहकारहरुमा पद्मा आचार्य, विनोद लामिछाने, बलराम पहारी, उत्तम पहारी र इन्द्रप्रसाद बराल रहेका छन् ।
समितिका नवनियुक्त कार्यसमितिलाई मितेरी क्लवका अध्यक्ष तथा निर्वाचन समिति संयोजक खेम पहारी र टोल विकास समिति वडा नम्वर ६ का सचिव रामेश्वर न्यौपानेले खादा अबिर लगाई सम्मान गरेका थिए । यसअघि केदारेश्वर महादेव मणि, बोलबमधामका अध्यक्ष सूर्यनाथ कोइरालाले एक समारोहका विच अधिवेशनको उद्घाटन गर्दै आउने नयाँ कार्यसमितिले टोल सुधारमा उल्लेख्य काम गर्न शुभकामना प्रदान गरेका थिए । समितिका निवर्तमान अध्यक्ष उत्तम पहारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा रेवानका केन्द्रिय सदस्य बलराम पहरीले पनि शुभकामना मन्तब्य राखेका थिए ।

कमेन्टहरु
Loading...