विद्यालय संचालनको लागि महायज्ञको तयारी

पोखरा ७ भदौ । पोखरा ७ मासवारमा रहेको श्रीकृष्ण माबि संचालानार्थ महायज्ञको तयारी गरिएको छ । माबिलाई प्राबिधिक बिषयको बढाई हुने उच्च माबि बनाउनुको साथै भौतिक पूर्बाधार निर्माणको लागि भदौ अन्तिम साता महायज्ञको आयोजना गरिएको बिद्यालयले जनाएको छ । भदौ २७ देखि असोज ३ गतेसम्म महायज्ञको आयोजना गरिएको आज पत्रकार सम्मेलन गरी बिद्यालयले जानकारी दिएको हो ।
महायज्ञबाट करिब ३ करोड रुपैया सकलन हुने र महायज्ञ सम्पन्न गर्न करिब ३० लाख खर्च अनुमान गरिएको बिद्यालयका प्रधानाध्यापक केदारनाथ अधिकारीले बताए । महायज्ञबाट संकलित आर्थिक स्रोतबाट निर्माणधिन बिद्यालय भबनको निर्माण पुरा गर्ने, पुस्तकालय र सभाहल बनाउने, बिद्यालयको आर्थिक अबस्था सुदृढ गर्दै माध्यामिक तह सुनिश्चित गर्ने र उच्च माबि तर्फ प्राबिधिक बिषयको पढाई संचालन गर्ने उद्देश्य राखिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबं महायज्ञ मुल आयोजक समितिका अध्यक्ष दण्डराज शर्मा पौडेलले बताए ।
IMG_5294महायज्ञ सम्पन्न गर्न मुल आयोजक समिति र ५४ वटा बिभिन्न उपसमिति गठन गरिएको महासचिब उमानाथ बरालले बताए । महायज्ञलाई सफल बनाउन वडाभित्रका १७ वटै टोल बिकास संस्थालाई जिम्मेवारी पनि दिईएको बिद्यालयले जनाएको छ ।
महायज्ञको प्रमुख बाचकमा भागभत भाष्कर कमलनयन गौतम रहने बिद्यालयले जनाएको छ । बिसं २०२८ सालमा प्राथमिक तहमा स्थापना भएको बिद्यालय ५६ सालमा निमाबी र २०६९ सालबाट माबि तहमा संचालनमा आएको हो । बिद्यालयमा वडाभित्रका बिपन्न र दलित समुदायका बिद्यार्थीहरु बढी रहेको बताईएको छ । अहिले बिद्यालयमा ४ सय ५० बिद्यार्थी अध्ययनरत रहेका छन् भने १६ शिक्षक कार्यरत छन् ।

कमेन्टहरु
Loading...