सागरराज तिमिल्सिना
पोखरा ७ भदौ/एकिकृत नेकपा माओबादीले उत्पादन ब्रिगेड घोषणा गरेको छ । तमुवान क्षेत्रका युवालाई समेटेर शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले पोखरामा अन्नपूर्ण उत्पादन ब्रिगेड घोषणा गरेका हुन्.। यसअघि वाईसिएलका सचिवालय सदस्य समेत रहेका दिपक कोईरालाको नेतृत्वमा नयाँ ब्रिगेड घोषणा गरिएको छ । एमाओबादीको हेटौडा महाधिबेशनले तय गरेको कार्यदिशा अनुसार बिगेड घोषणा गरिएको अध्यक्ष दाहालले बताए । पोखराबाट सुरु गरिएको नयाँ बिग्रेड मुलुकका अन्य भागमा पनि गठन गरिने दाहालले जानकारी दिए ।
तत्कालको लागि उत्पादन बिग्रेडको रुपमा गठन भएपनि संविधानसभा निर्वाचनमा टिमलाई परिचालन गरिने अध्यक्ष दाहालले बताए । उत्पादन बिग्रडट निर्वाचन प्रचार टिम पनि भएको प्रचण्डले बताए । निर्बाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न उत्पादन ब्रिगेट खटिने पनि उनले बताए ।
ब्रिगेड घोषणासंगै उत्पादनको लागि भन्दै चन्दा सहयोग नउठाउने र आम रुपमा शेयर बितरण गर्ने, रोजगारी श्रृजना गर्न सकिने क्षेत्रहरुको पहिचान र सञ्चालन गर्ने, मानवीय श्रमको सदुपयोग सम्बन्धि स्थितिबारे तथ्यांक संकलनपर्ने ब्रिगेटको प्रमुख उद्देश्य रहेको नेता जनार्दन शर्माले बताए ।
ब्रिगेट घोषणा संगै तत्कालको लागि संगठन सदस्यता बितरण गर्ने, हरेक सदस्यको रुची पहिचान गरी क्षमता अभिबृद्धि तालिम ३ देखि ६ महिना सम्म संचालन गरिने माओवादीले जनाएको छ ।
ब्रिगेड घोषणा कार्यक्रममा एमाओबादीका कार्यकर्ताहरुले कृषि औचार पनि प्रदर्शन गरेका थिए । कार्यक्रममा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरु सहभागि थिए ।
