संक्रिमित क्षेत्रको कुखुरा पोखरा भित्रन नदिन माग

गोकुल बानियाँ/पोखरा ६ भदौ । कास्कीका कुखुरापालकहरुले बर्डफ्लु संक्रमित क्षेत्रका कुखुरा र कुखुराजन्य पदार्थ कास्कीमा भित्रन नदिन बिशेष सजगता अपनाउन स्थानिय प्रशासनलाई आग्रह गरेको छ । कुखुरापालक किसान संघ कास्कीले संक्रमित क्षेत्रका कुखुरा लुकीछिपी पोखरा भित्र्याएको दाबि सहित चेकजाचमा कडाई गर्न माग गर्दै आज प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालालाई ज्ञापनपत्र बुझाएको छ ।
birdfluप्रबेश नाकामा कडाई नहुदा लुकीछिपी प्रतिबन्धित संक्रमित जिल्ला काठमाण्डौ र भक्तपुरका कुखुरा र कुखुरा जन्य पदार्थ पोखरा भित्रिएको दाबि सहित संघले आयत रोक्न माग गरेको हो । संघ कास्कीका अध्यक्ष कुमार आचार्यले संक्रमित क्षेत्रको कुखुरा पोखरामा आयात भैरहेकाले यसलाई रोक्न आग्रह गरे । स्थानिय प्रशासनले चेकजाचमा कडाई नगर्दा कुखुराजन्य पदार्थको आयातमा लापरबाही भएको संघको दाबि छ । तर क्षेत्रिय पशु निर्देशक डा. बंशी शर्माले अबैद्य रुपमा संक्रमित क्षेत्रको कुखुरा पोखरा नभित्रिएको दाबि गरेका छन् । कुखुराजन्य पदार्थको आयातमा पूर्ण निगरानी गरी स्वास्थ्य परिक्षण गराईएका कुखुरालाई मात्र प्रबेश गराईएको उनको दाबि छ ।
लुकाईछिपाई संक्रमित कुखुराको प्रबेश गराएको किसनहरुको दाबि निराधार रहेको उनले बताए । किसनहरुले भने प्रशासनले वास्ता नगरेपनि आफुहरु प्रबेश नाकामा बसी संक्रमित क्षेत्रबाट भित्रिएका कुखुरा र कुखुराजन्य बस्तुको आयात रोकिरहेको जिकिर गरेका छन् । यसैबिच पोखरामा कुखुराको मासुको भाउ घटेको छ । कुखुराको मासु प्रतिकिलो ५० रुपैया घटेको हो । यसअघि प्रतिकेजी ३ सय ४० रुपैया रहेकोमा भाउ घटेर २ सय ९० रुपैया प्रतिकेजी कायम गरिएको छ । त्यस्तै अण्डाको मुल्य पनि प्रति क्रेट २० रुपैया घटेको छ । उत्पादन बढेको र बाहिर निर्यात पनि रोकिएकाले भाउ घटेको मासु ब्यबशायी समिति कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...