सार्बजनिक जग्गा मिचेर बनाएका संरचना छिट्टै भत्काईने

पोखरा ६ भदौ । पोखरामा सार्बजनिक जग्गा मिचेर बनाईएका संरचना भत्काउने काम पुनः सुरु हुने भएको छ । यसअघि बजेट अभाबमा रोकिएको काम अब छिट्टै सुरु गर्ने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालाले बताए । 
सर्बजनिक जग्गा अतिक्रमण गरी बनाईएको संरचना भत्काउने काम यसअघि भएपनि बजेट अभाबले निरन्तरता दिन नसकेको र अब नया आर्थिक बर्षको बजेट निकासा भएकाले पुन सुरु गर्न लागिएको उनले बताए । पोखराको फिर्के अतिक्रमण गरी बनाईएका घर भत्काउने काम सबैभन्दा पहिले सुरु गरिने भएको छ । खोलामाथि बनेका घर भत्काउन यसअघि पनि सेच गराईएको र स्वयं नभत्काए डोजर लगाएर भत्काईने कोईरालाले बताए ।
‘ समय पर्याप्त दिईएको हो , बजेट पनि अभाब थियो उनले भने अब यो कामले छिट्टै निरन्तरता पाउनेछ । ’ पोखरा उपत्यकामा रहेका सार्बजनिक प्रति जग्गाको लागत संकलनको काम भैरहेको उनले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको समितिले लागत संकलनको काम गरिरहेको उनले बताएका छन् ।

कमेन्टहरु
Loading...