यु–१२ प्रावि स्तरीय ह्याण्डवलको शुक्रबार फाईनल हुने

पोखरा ६, भदौ /चौथो लिटिल स्टेप १२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१२) प्रावि स्तरीय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगिता अन्र्तगत विहिबार क्वारफाईनलका खेलहरु सम्पन्न भएका छन । लिटिल स्टेप उच्च माविको खेल मैदानमा भएको पहिलो क्वाटरफाइनलमा राईजीङ स्टारले कुमदीनिहोम्स उच्च माविलाई ३–२ को गोल अन्तरले पराजित गरी सेमिफाईनलमा प्रबेस गरेको छ ।
100_9751सोसल पब्लिक स्कुलले टप्स उच्च माविलाई १०–५ को गोल अन्तरले पराजित गर्दै अन्तीम चारमा स्थान बनाएको हो । सैनिक आवासिय महाबिद्यालयले बी.एम.जीलाई शुन्यको बिरुद्ध १० गोलको विशाल गोल अन्तरले पाखा लगाउदै सेमिफाईनलमा यात्रा तय गरेको हो । अर्को खेलमा मनकामना बोर्डिङ स्कुलले पोखरा एकेडेमिलाई १२–८ को गोल अन्तरले पराजित गरेको छ ।
श्ुक्रबार विहान राईजीङ स्टार बिरुद्ध सैनिक आवासिय र अर्को सेमिफाइनल खेलमा मनकामना र सोसल पब्लिक विच खेल हुने भएको छ । त्यसै गरी छात्रातर्फ सृजना र बी.एम.जी समुह एबाट विजयी हुदै सेमिफाईनलमा यात्रा बनाए भने समुह बीबाट माउण्ट अन्नपुर्ण र सरस्वती आर्दश बिद्याश्रमले जित दर्ता गरी सेमिफाइनलमा यात्रा बनाएको हो ।
पोखरा मासवारमा रहेको लिटिल स्टेप उच्च माविको आयोजनामा भदौ ४ गते देखि पोखरामा सुरु भएको उक्त प्रतियोगितामा छात्रतर्फ १६ टिम र छात्रातर्फ ७ टिमको सहभागिता रहेको बिद्यालयका संस्थापक निर्देशक सेरबहादुर गुरुङले बताए ।

कमेन्टहरु
Loading...