जनप्रकाश उमाविलाई अन्तरविद्यालय सेभेन–ए–साइड फुटबल प्रतियागिताको उपाधि

पोखरा, ६ भदौ। जनप्रकाश उमावि लेखनाथ भण्डारढिकले पोखरामा सञ्चालित चौथो कास्की जिल्लाव्यापी अन्तरविद्यालय सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७० को उपाधि जित्न सफल भएको छ। नेपाल सेभेन–ए–साइड फुटबल महासङ्घको वार्षिक कार्यक्रमअनुसार पोखरा रड्डशालामा बिहीबार भएको फाइनल खेलमा चिल्ड्रेन्स एकेडेमी कुँडहरलाई २–० ले पराजित गर्दै जनप्रकाश उमाविले अन्तरविद्यालय सेभेन–ए–साइड फुटबल प्रतियागिता–२०७० को उपाधि जित्न सफल भएको हो। जनप्रकाशका लागि राज गुरुङले पहिलो हाफमा र बुद्ध गुरुङले दोस्रो हाफमा एक–एक गोल गरेका थिए।Winner Team Janaprakash H.s. Schoolप्रतियोगिताको विजेता टीमले १५ थान फुटबल, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता टीमले १० थान फुटबल, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। यस्तै दुवै टीमले बाराही ट्रेड सेन्टरद्वारा प्रायोजित एक–एक थान टिसर्ट पनि प्राप्त गरेका थिए। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने जनप्रकाशका बुद्ध गुरुङ बेस्ट प्लेयर घोषित हुँदै वल्र्ड टेक महेन्द्रपुलका मेनेजिङ डाइरेक्टर इसुप श्रेष्ठद्वारा प्रायोजित एक जोडी स्पोर्टस् सुज प्राप्त गरे।
यसअघि बिहीबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा जनप्रकाशले अमरसिंह उमाविलाई टाइब्रेकरमा ५–४ ले तथा दोस्रो सेमिफाइनल खेलमा चिल्ड्रेन्स एकेडेमीले न्यू लाइट स्कुललाई टाइब्रेकरमै ४–३ ले पराजित गरेका थिए। दुवै खेलका निर्धारित समय गोलरहित बराबरीमा टुड्डिएका थिए। प्रतियोगितामा विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि पश्चिमाञ्च्ल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला र नेपाल खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष प्रेमनारायण न्यौपानेले पुरस्कार वितरण गरेका थिए।
सोही अवसरमा नेपाल सेभेन–ए–साइड फुटबल महासङ्घको सहसचिवमा मनोनीत रामकृष्ण बास्तोला गोर्खाली र सदस्य पदमा मनोनीत अश्विनी अधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो। प्रतियोगिता संयोजक एवं महासङ्घका उपाध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सल्लाहकार डीबी नेपालीले गरेका थिए।भदौ २ देखि सञ्चालित सो प्रतियोगितामा २८ टीमको सहभागिता रहेको थियो।

कमेन्टहरु
Loading...