रेवानको आयोजनामा कक्टेल तथा मोक्टेल सम्वन्धि दुई दिने तालिम शुरु

भदौ ६,पोखरा/रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल ( रेवान ) पोखराको आयोजनामा विहिबारदेखि पोखरामा कक्टेल, मोक्टेल तथा मिक्सोलोजि सम्वन्धि दुई दिने तालिम शुरु भएको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्यबहादुर भुजेलले एक समारोहका विच उक्त तालिमको उद्घाटन गरे । तालिम उद्घाटन गर्दै उनले रेवानले गर्दै आएको तालिमले दक्ष जनशक्ति उत्पादन गरेको बताए । साथै तालिममा सिकेका ज्ञानलाई केहिसमय मात्रै नभई निरन्तर रुपमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डको सहयोगमा भएको कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछानेले खानापान र आवास कनुैपनि पर्यटकहरुको न्यूनतम आवश्यकता हुने बताए । नेपाल घुम्न आउने पर्यटकहरुले पोखराबाट धेरै आशा बाक्ने हुँदा उनीहरुको सन्तुष्टिका लागि यसकिसिमको तालिम लाभदायि हुने उनको भनाई थियो । तालिमका मुख्य प्रशिक्षक राजकुमार डिसिले परिवर्तित समयको माग पनि परिवर्तन भै सकेकाले वर्तमान परिप्रेक्षमा तालिमको आवश्यक पर्ने उल्लेख गरे ।
रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले रेवानले आयोजना गर्ने यसकिसिमको कार्यक्रममा रेष्टुरेण्टमा कार्यरत कर्मचारीहरुको सहभागिता गराइदै आएको जानकारी दिंदै रेष्टुरेण्ट सञ्चालक र कर्मचारीविचको सम्बन्ध सुमधुर भएमा प्रतिष्ठानले सफलता हाँसिल गर्ने बताए । रेवान पोखराका महासचिव लक्ष्मण बरालले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष चौबहादुर गुरुङ्गले स्वागत गरेका थिए भने कार्यक्रममा निवर्तमान अध्यक्ष बलराम पहारी तथा एसपीजे ट्रेडिङ्ग प्रालिका प्रमुख रमेश अधिकारीको पनि उपस्थिती रहेको थियो । तालिममा विभिन्न रेष्टुरेण्टमा कार्यरत ३१ जनाको सहभागिता रहेको छ ।
 

कमेन्टहरु
Loading...