कास्कीजिल्लास्तरीय अन्तरमाविइन्द्रबहादुर स्मृतिब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा

पोखरा,६भदौ। कास्कीजिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामाशुक्रबारदेखि पोखरा रड्डशालामा१२ औं कास्कीजिल्लास्तरीय अन्तरमाविइन्द्रबहादुर स्मृति ब्याडमिन्टन प्रतियोगिताको तयारी पूराभएको छ।प्रतियोगितामा २१ वटा निजीतथा सकारी विद्यालयकाचार सय खेलाडीको सहभागिता रहने बिहीबार आयोजितपत्रकार सम्मेलनमाजानकारी दिइयो। भदौ ७ देखि १० गतेसम्म सञ्चालनहुने सो प्रतियोगितामायु–१६ ब्वाइज सिड्डल र डबल, यु–१६ गल्र्स सिड्डल र डबल तथा यु–१२ ब्वाइज सिड्डल र गल्र्स सिड्डल गरी छ इभेन्टमा खेल हुनेछन्।प्रतियोगितामा यु–१६ ब्वाइज सिड्डल, गल्र्स सिड्डलकाविजेतातथाउदीयमान खेलाडीलाई एक जनालाई गरी तीनजनालाई एक–एक थान स्पोर्टस साइकल पुरस्कार प्रदानगरिने सङ्घका सहसचिवएवं प्रतियोगिता संयोजक पुरन कुँवरले जानकारी दिए।ती पुरस्कारको प्रायोजकमापोखरा–१३ शीतलादेवीकाजगदीश्वरी गुरुङकाप्रायोजन भएको छ भने टप्स उमावि, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र कुमुदिनीहोम्स सहप्रायोजक रहेका छन्।
प्रतियोगिता सञ्चालनगर्न सङ्घका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा७५ सदस्यीयमूलआयोजक समिति र १२ वटा उपसमिति गठन गरिएको छ।दुई लाख७० हजार खर्च लाग्ने अनुमानगरिएको सो प्रतियोगिताको लागि सङ्घमा आवद्ध करिब एक सय जना सदस्यले जनही एक हजार सहयोग गरेको सङ्घका अध्यक्ष खेम गुरुङले जानकारी दिए।उनले भने–‘हामीयसपटक आÇनै सदस्यहरूबाट केही रकम उठाएर कार्यक्रमगर्न लागेका छौं।’
१२ औं संस्करणसम्म आइपुग्दाकास्कीजिल्ला ब्याडमिन्टन सङ्घबाट उत्पादितआधादर्जन राष्ट्रिय तथाअन्तर्राष्ट्रियस्तरकाप्रतियोगितामा सहभागिताजनाएर केहीले त मेडल जिनिसकेका छन्।पुनम गुरुङले साफ गेममाकास्यपदकतथा यु–१९ राष्ट्रिय प्रतियोगितामा स्वर्णपदकजितेकी छन् भने भूगोल गुरुङ, अनुप गुरुङ, स्वस्तिका बूढाथोकी, स्व. मोहन नेपाली, सुस्मिता गुरुङलगायतका खेलाडीले रायिट्रय तथाअन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिताजनाइसकेका छन्।

कमेन्टहरु
Loading...