सुन्दा पत्यार नलाग्न पनि सक्छ । तर सत्य कुरा पत्याउनु नै पर्ने हुन्छ । अस्ट्रेलियामा यस्तै पत्याउनै नसकिने घटना भएको छ । त्यहाँ एक महिला मरेको झण्डै पौने घण्टापछि ब्युँझिएकी छिन् । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार ४१ वर्षकी एक महिला डाक्टरले मृत घोषित गरेको ४२ मिनेटपछि जिवितै उठेकी छन् ।
केहीदिन अगाडी भेनेसा तानासिओलाई हृदयाघात भयो । उनलाई मोनास अस्पतालमा उपचारका लागी पु¥यइएको केहि समय पछि नै डाक्टरहरुले उनलाई मृत घोषित गरे । त्यस बीचमा उनको मुटुको धमनी जुन बन्द भएको थियो त्यसलाई खुलाइयो । सुरुमा त्यसले कुनै प्रभाव नपारेपछि उनलाई मृत घोषित गरिएको थियो ।
तर मृत घोषित गरेको केही बेरपछि भेनेसाको मुटु अलिअलि चल्न थाल्यो । अनि उनी विस्तारै ब्युँझिइन् पनि । बाँच्ने कुनै सम्भावना नै नभएकी भेनेसा ब्युँझिएको घटनाले आफुहरुलाई पनि आर्श्चर्यमा पारेको डाक्टरहरु बताउँछन् । मेलबर्नको नरे वारेनमा बस्ने भेनेसाले आफु मरेर पनि बाँच्न पाउँदा निकै खुसी लागेको बताइन् ।
तस्विर एजेन्सी
