वनबाट फाइदा लिने उपाय बारे पोखरामा सार्क मुलुकस्तरीय बैठक शुरु

सागर राज तिमिल्सिना
पोखरा, ४ भदौ /वनबाट बढि भन्दा बढि लाभ लिने उपायका विषयमा छलफल गर्न पोखरामा सार्क मुलुकस्तरीय संयुक्त बैठक सुरु भएको छ । बैठकले नेपाल लगायत दक्षिण एशियाली मुलुकले भविश्यमा वनबाट फाईदा लिन सकिने क्षेत्र र उपायका बारेमा छलफल गर्नेछ । वनले काठ दाउराबाहेक अरु फाईदा दिन नसकेको भन्ने एकपक्षको गुनासोलाई चिर्न बैठक फलदायी हुने वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक ऋदिशकुमार पोखरेलले बताए । IMG_5285‘वनको महत्व कति रहेछ भन्ने विषयमा पनि पोखरामा चलेको बैठकमा गहन छलफल हुने उनले बताए । वनको महत्वलाई भविश्यमा कसरी राष्ट्रसामु बुझाउन सकिन्छ भनेर पनि दक्षिण एशियाली मुलुकको बैठकले निचोड निकाल्ने प्राध्यापक पोखरेलको भनाई छ । बैठकमा सम्बन्धि मुलुकका विज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालमा अहिले १८ हजार सामुदायीक वन छन् । देशको वनक्षेत्रको २८ प्रतिशत भाग सामुदायीक वनले ओगटेको तथ्यांक छ । कास्कीमा मात्रै ४ सय भन्दा बढि सामुदायीक वन रहेका छन् ।
छलफलमा पाकिस्तान र भारत बाहेकका मुुलुकका वनसम्बन्धि पदाधिकारी सहभागीता रहेको थियो । सार्क राष्ट्रहरुको वनसम्बन्धि भुटानस्थित सचिवालय सहित वन मन्त्रालय र वनविज्ञान अध्ययन संस्थाले संयुक्त रुपमा पोखरामा कार्यक्रम आयोजना गरेका हुन् । छलफलमा सार्क मुलुकका वनविज्ञ र त्यस क्षेत्रमा काम गर्ने प्राविधिक तथा अनुसन्धानकर्ता सहभागि छन् । छलफलमा प्रत्येक मुलुकबाट २÷२ जना विज्ञहरु सहभागि छन् ।

कमेन्टहरु
Loading...