पोखरालाई फुटबलको विकास सँगै खेलकुदको राजधानी बनाउनुपर्छ

सागर राज तिमिल्सिना
पोखरा, ४ भदौं/पोखराका खेलप्रमीहरुले पोखरालाई खेलकुदको राजधानी बनाउनुपर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्की शाखा र कास्की जिल्ला फुटबल संघले संयुक्त रुपमा आयोजना भएको स्वागत तथा परिचय कार्यक्रमका बक्ताले पर्यटनको साथसाथै खेलकुदको राजधानी बनाउन सरकार समक्ष आब्हान गरेका छन् । अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य गणेशबहादुर भट्टराईले पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । ‘पोखरा यस्तो सहर हो यहाँ सवै खेलकुदको लागी उपयुक्त वातावरण छ’ । केन्द्रीय सदस्य भट्टराईले भने‘ सबै जुटेर खेलकुदको विकासमा लाग्नुपर्ने अवस्था आएको छ’।  खेलकुदका ठूला कार्यक्रमहरु राजधानी केन्द्रीत रहेकोले त्यस्ता कार्यक्रमहरुलाई विकेन्द्रीकृत गर्न जरुरी उनको भनाई थियो ।
IMG_5267पोखरामा अन्तराष्ट्रिय स्तरको स्टेडियम बनाउन सके पोखरामा खेलकुद पर्यटनको सम्भावना अझै बढ्ने बताए । सोही अवसरमा खेलकुद पत्रकार मञ्चका कार्यसमिति सदस्य र नयाँ साधारण सदस्यहरुलाई सदस्यता कार्ड हस्तान्तरण गरिएको थियो । नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष बद्रीविनोद प्रतिक, मञ्चका सल्लाहकार रामकृष्ण ज्ञवाली र  मञ्चका अध्यक्ष विनोद लामिछानले नयाँ सदस्यहरुलाई खादा अविर  लगाएर स्वागत गरेका थिए ।
त्यस्तै गरी एन्फाका नयाँ निर्वाचित कार्यसमितीहरुलाई पनि कार्यक्रमका एन्फाका केन्द्रीय सदस्य भट्टराई, कास्की जिल्ला खेलकुद समितिका अध्यक्ष सुमन देवकोटा, एन्फा कास्कीका अध्यक्ष गोपी भट्राईले खादा, अविर र सदस्यता कार्ड प्रदान गरेका थिए । कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले सवैको साथ र समर्थन पाए मात्रै पोखराको खेलकुदले फड्को मार्ने बताए । उनले भने  ‘केबल प्रतियोगिता गरेर मात्रै हुदैंन । प्रतियोगिता गर्ने  क्लव तथा संघसस्थाहरुले भौतिक संरचनाको सम्वद्र्धनमा समेत हातेमालो गर्नुपर्छ ।’

कमेन्टहरु
Loading...